Logo बिहिवार, आश्विन १ गते २०८३
images

नयाँगाउँ माविको ६३ औँ वार्षिकोत्सव आज

नयाँगाउँ माविको ६३ औँ वार्षिकोत्सव आज

  • 684
    SHARES

  • नयाँगाउँ माविको ६३ औँ वार्षिकोत्सव आज

    बुटवल,माघ २ । 

    बुटवलको नयाँगाउँ माध्यमिक विद्यालयले आफ्नो ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरि मनाइहेको छ ।

    विद्यालयले वार्षिकोत्सवको अवसरमा एक हप्तादेखि बिभिन्न चरणमा गरिएका खेलकुद लगायतका रचनात्मक कृयाकलापका उत्कृष्ट बिद्यार्थीलाइ पुरस्कार बितरण गरिएको छ ।

    विद्यालयले जुनियर तर्फ स्पुन रेस, म्युजिक चियर रेस, स्विट रेस, क्विज, हट पोटाटो, गणित दौड, सिगो धागो दौड, बेलुन बलास्टर, बेलुन डान्स, ज्याकेट रेस प्रतियोगिता र सिनियर तर्फ अन्तर सदनात्मक फुटबल, भलिबल, बास्केटबल, कुर्चि दौड, क्रिकेट, लगायतका खेलकुदका कार्यक्रम सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले बताउनुभयो । आज हाजिरी जवाफ प्रतियोगिता तथा पुस्कार वितरण गरिएको हो ।

    वडा सदस्य गंगादत्त पौडेल लगायतले पुरस्कार बितरण गर्नभएको बिद्यालय प्रशासनका लेखापाल प्रकाश भट्टराइले बताउनुभयो ।  माघ २ गते ११ बजे बिद्यालयमै मूल कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाउने विद्यालयका अध्यक्ष पुरुषोत्तम बस्यालले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology