Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

जि २५ क्लवद्वारा सामुदायिक बिद्यालयमा संचालित सचेतनामूलक कार्यक्रम सम्पन्न

जि २५ क्लवद्वारा सामुदायिक बिद्यालयमा संचालित सचेतनामूलक कार्यक्रम सम्पन्न

  • 2.3K
    SHARES

  • जि २५ क्लवद्वारा सामुदायिक बिद्यालयमा संचालित सचेतनामूलक कार्यक्रम सम्पन्न

    बुटवल,मंसिर २६  ।

    बुटवलका सामुदायिक बिद्यालयहरुमा संचालन गरिएको लागु पदार्थ तथा दुब्र्यशनबिरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

    बुटवल उपमहानगरपालिका वडा न ११ मा सामाजिक क्षेत्रमा क्रियाशील युवाहरुको साझा संस्था जि ट्वाइन्टीफाइभ क्लव (जि२५ क्लव) ले संचालन गरेको तीन दिने सचेतनामूलक कार्यक्रम आज समापन गरिएको हो ।

    कार्यक्रममा करिब १ हजार जना बिद्यार्थी प्रत्यक्षरुपमा सहभागि भएका थिए । आज बुटवल ११ मा रहेको नबिन औद्योगिक कदर बहादुर रिता माध्यमिक र मैनाबगरमा रहेको सूर्योदय आधारभूत विद्यालयमा सचेतनामुलक कार्यक्रम गरिएको हो । यसअघि २४ गते बुटवल ११ स्थित प्रगति माध्यमिक विद्यालयमा र २५ गते बुटवल १७ को जनशक्ति नमुना भिमप्रसाद गोमता न्यौपाने आधारभूत विद्यालयमा कार्यक्रम गरिएको क्लवका अध्यक्ष  जयदिप न्यौपाने (जगदिश)ले बताउनुभयो । student.jpg
    सो सचेतामूलक कार्यक्रममा आस्था समूहका सुमन हिताङ , सुमित कार्की तथा अस्थायी प्रहरी चौकी बुटवल देवीनगरका प्रमुख टेकराज भण्डारीले मोटिभेशनल कार्यक्रमको सहजीकरण गरेको क्लबका सचिव रेशम बहादुर महराले बताउनुभयो  । क्लवले बुटवलक्षेत्रमा समाजका विपन्न वर्गका बालबालिकालाई सहयोग, बुटवललाई हरियाली बनाउन विभिन्न स्थानमा बृक्षारोपण तथा रक्तदान लगायतका दर्जनौँसामाजिक काम गर्दै आइरहेको महासचिव किशोर पंगेनीले बताउनुभयो । pol.jpg
    यो कार्यक्रमबाट बिद्यालयहरुका करिब १ हजार बिद्यार्थीसहित अभिभावक लाभान्भित भएको क्लवले जनाएको छ । तिन दिनसम्म चलेका सो कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष,पूर्व अध्यक्षहरु,संरक्षक,मागदर्शक तथा पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो सो कार्यक्रमलाइ ग्लोबेन्सी एजुकेशनले बिशेष सहयोगी भूमिका खेलेको संस्थापक अध्यक्ष रमेशकुमार जोशीले बताउनुभयो ।g254.jpg

    कार्यक्रममा सहयोगी,बिद्यालय तथा प्रशिक्षकहरुलाइ समेत सम्मान गरिएको थियो ।g2.jpg

    std.jpg

    जि २५ क्लवद्वारा प्रगति माविमा सचेतनामूलक कार्यक्रम

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology