बुटवल,मंसिर २४ ।
बुटवल ११मा अवस्थित जि २५ क्लबले लागु पदार्थ तथा दुब्र्यशनबिरुद्ध सचेतनामूलक कार्यक्रम शुरु गरेको छ । तीनदिने कार्यक्रमको बुटवल ११ स्थित प्रगति माध्यमिक विद्यालयमा आज एक समारोहका बिचमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गर्नुभयो ।
क्लबले २६ गतेसम्म बुटवल उपमहानगरभित्रकाविभिन्न सामुदायिक विद्यालयमा सचेतनामूलक कार्यक्रम थालेको अध्यक्ष जयदिप न्यौपाने (जगदिश)ले बताउनुभयो । मंसिर २४ गते बुटवल ११ स्थित प्रगतिमाध्यमिक विद्यालय, २५ गते बुटवल १७ को नमुना गौतम जनशक्ति आधारभूत विद्यालय, २६ गते नबिन औद्योगिक कदर बहादुररिता माध्यमिक र मैनाबगरमा रहेको सूर्योदय आधारभूत विद्यालयमा कार्यक्रम हुनेछ ।
कार्यक्रमका प्रमसख अतिथि नगर प्रमुख पाण्डेयेदले लागुऔषध दुव्र्यसनीबाट बुटवललाइ मुक्त गरिने बताउनुभयो । उहाले पछिल्लो समयमा विद्यालयका तहका विद्यार्थीहरु लागुऔषधमा फस्ने गरेकोले विद्यार्थीहरुलाई सचेत गराउनका लागि विद्यालयमा नै गएर कार्यक्रम गरिएकोमा धन्यबाद समेत दिनुभयो । कार्यक्रममा बुटवल वडा न ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री,प्रगति माबिका प्रधानाध्याापक शिबकुमारी अर्याल लगायतले बोल्नुभएको थियो ।
सो सचेतामूलक कार्यक्रममा आस्था समूहका सुमन हिताङ र सुमित कार्कीले मोटिभेशनल कार्यक्रमको सहजीकरण गरेको क्लबका सचिव रेशम बहादुर महराले बताउनुभयो । यो कार्यक्रमबाट बिद्यालयहरुका करिब १ हजारबिद्यार्थीसहित अभिभावक लाभान्भित हुने क्लवले जनाएको छ ।
कार्यक्रमलाइ ग्लोबेन्सी एजुकेशनले बिशेष सहयोगी भूमिका खेलेको संस्थापक अध्यक्ष रमेशकुमार जोशीले बताउनुभयो ।
क्लवले बुटवलक्षेत्रमा समाजका विपन्न वर्गका बालबालिकालाई सहयोग, बुटवललाई हरियाली बनाउन विभिन्न स्थानमा बृक्षारोपण तथा रक्तदान लगायतका दर्जनौँसामाजिक काम गर्दै आइरहेको छ । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)