Logo बिहिवार, आश्विन १ गते २०८३
images

न्यू इन्भाइरन्मन्ट अंग्रेजी माविमा प्रदेश स्तरीय चित्रकला,दीपकी प्रिष्टी भइन् प्रथम

न्यू इन्भाइरन्मन्ट अंग्रेजी माविमा प्रदेश स्तरीय चित्रकला,दीपकी प्रिष्टी भइन् प्रथम

  • 1.6K
    SHARES

  • न्यू इन्भाइरन्मन्ट अंग्रेजी माविमा प्रदेश स्तरीय चित्रकला,दीपकी प्रिष्टी भइन् प्रथम

    बुटवल,मंसिर १० ।

    न्यू इन्भाइरन्मन्ट अंग्रेजी माध्यमिक विद्यालयमो प्रदेश स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । न्यू इन्भाइरन्मन्ट ‘आर्ट क्लव’ ले लुम्बिनी प्रदेश भित्र रहेका चित्रकलाप्रती रुचि राख्ने विद्यार्थीहरुलाई समावेस गराएर कार्यक्रमको आयोजना गरिएको प्रशिक्षक विपीन पुनले जानकारी दिनुभयो ।

    तिलोत्तमा –०५, मणिग्राममा रहेको न्यू इन्भाइरन्मन्टले गरेको प्रतियोगितामा ४० विद्यालयका कक्षा १०मा अध्ययनरत बिद्यार्थीको सहभागिता रहेको उहाँले बताउनुभयो ।

    सहभागी ४० जना मध्येबाट प्रथम दिप वोर्डिङ् स्कुलकी छात्रा प्रिष्टी पुन, द्वतीय पामिर वोर्डिङ् स्कुलका छात्र राजन थापा, तृतीय सिद्धार्थ बोर्डिङ् स्कुलकी छात्रा सफलता पौडेल र सन्त्वना पिस ल्याण्ड एकेडेमीका छात्र राजु बस्याल हुनुभयो ।IMG_0717.jpeg

    प्रथम पुरस्कार नगद १० हजार, ट्रफी र प्रमाण पत्र, द्वतीय पुरस्कारनगद ५ हजार, ट्रफी र प्रमाण पत्र, तृतीय पुरस्कार नगद ३ हजार, ट्रफी र प्रमाण पत्र र सान्त्वना पुरस्कार नगद २ हजार, ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ ।  सो अवसरमा उत्कृष्ट चित्र बनाउन प्रशिक्षण गर्ने एक जना शिक्षक विकास पुन लाई टिचर आर्ट अफ द इयरको रुपमा सम्मानित गरिएको थियो ।  

    न्यू इन्भाइरन्मन्ट ‘आर्ट क्लव’ का अध्यक्ष रौनक खरालको अध्यक्षता तथा प्रशिक्षक विपीन पुनको संयोजकत्वमा सञ्चालन भएको सोप्रतियोगिताको प्रमुख अतिथीको रुपमा तिलोत्तमा नगरपालिकाका शिक्षा प्रमुख गंगाराम आचार्य, विशिष्ट अतिथी विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नेत्रलाल वन तथा अतिथीहरुमा द्वय विद्यालयका प्रवन्ध निर्देशक हरी प्रशाद न्यौपाने , प्राचार्य मधु प्रकाश ज्ञवाली रहनु भएको थियो ।

    उक्त कार्यक्रमको सञ्चालन कक्षा ९ की छात्रा प्रान्जु अर्याल र कक्षा ७ कि छात्रा कृष्मा न्यौपानेले गरेका  थिए । लुम्विनी प्रदेशका गुल्मी, नवलपरासी, कपिलवस्तु लगाएत रुपन्देही जिल्लाका विभिन्न स्थानबाट करीब ४० विद्यालयका कक्षा १० सम्मका विद्यार्थीहरु सहभागि रहेको उक्त चित्रकला प्रतियोगिताको शिर्षक ‘पर्यटन’ रहेको थियो सोहि शिर्षकलाई आधार मानेर चित्र तयार पार्नका लागी प्रतियोगीहरुलाई जम्मा ३ घण्टाको समय तोकिएको थियो । सो अवसरमा २०० भन्दा वढी चित्रकला प्रदर्शनको लागी राखिएको बिद्यालयका प्राचार्य मधु प्रकाश ज्ञवालीले बताउनुभयो । 

    प्रतियोगितामा निर्णायकको भूमिका निर्णायकद्वय एच.वि रम्तेल र सन्दिप आले ले निर्वाह गर्नु भएको शिक्षिका विमला बस्नेतले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology