Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

मंसिर ३ देखि २१ गतेसम्म भैरहवामा ‘सातौं लुम्बिनी महोत्सव–२०८२’ हुने

मंसिर ३ देखि २१ गतेसम्म भैरहवामा ‘सातौं लुम्बिनी महोत्सव–२०८२’ हुने

  • 933
    SHARES

  • मंसिर ३ देखि २१ गतेसम्म भैरहवामा ‘सातौं लुम्बिनी महोत्सव–२०८२’ हुने

    बुटवल,कार्तिक १२ ।

    चेम्बर अफ कमर्स रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले आगामी मंसिर ३ देखि २१ गतेसम्म भैरहवामा ‘सातौं लुम्बिनी महोत्सव–२०८२’ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) सञ्चालन गर्ने भएको छ ।

    ‘स्थानीय बजारमा खरिद गरौं स्थानीय बजारको प्रबद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवको विशेष गरी कृषि, पर्यटन, उद्योग र व्यापार प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको छ ।

    महोत्सवबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष सचिन रोक्काले परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरण गरी राष्ट्रिय। साना तथा घरेलु उद्योग र व्यापारको प्रोत्साहन स्वरुप प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताउनुभयो ।

    लुम्बिनी क्षेत्रका पर्यटकीयस्थलको विकास गर्ने, उपभोक्तामुखी क्रियाकलापमा वृद्धि गराइ स्थानीय वस्तुको बजार व्यवस्थापनमा सहयोग पुर्याउने, कृषिलाई वैज्ञानिक तथा व्यवसायीकरण गर्नमा सहयोग पुर्याउने, आधुनिक उपकरण नविन प्रविधि र औद्योगिक उपकरणका बारेमा उद्यमी तथा व्यवसायीलाई जानकारी गराउने उद्देश्य पनि महोत्सवले राखेको छ ।

    अध्यक्ष रोक्काका अनुसार महोत्सवमा रुपन्देहीमा उत्पादित कृषि उपजहरुको प्रदर्शनी र स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट कलाकारिताको प्रदर्शन पनि गरिनेछ ।

    चेम्बर अफ कमर्स रुपन्देहीको महासचिव लक्ष्मी अधिकारीले यसपटकको महोत्सवमा फिस टनेल, जलपरी, आइफिल टावर लगायत बाल उद्यानको मनोरञ्जन र विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती मुख्य आकर्षण रहेको जानकारी दिनुभयो ।

    उहाँका अनुसार टिकट दर यसपटक प्रतिदर्शक १ सय ५० रुपैयाँ कायम गरिएको छ । विद्यार्थीलाई ८० र समूहगत विद्यालय विद्यार्थीलाई ५० रुपैयाँ छ । शारीरिक अशक्त (अपांग) र ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकको लागि ५० रुपैयाँ र ८० भन्दा माथिका नागरिकलाई निःशुल्क व्यवस्था गरिएको छ ।

    विगतकै स्थान सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरमा सञ्चालन हुने उक्त महोत्सवमा २ सय ५० वटा स्टल रहने र महोत्सव सञ्चालनमा १ करोड ३२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजकले जनाएका छन् । महोत्सवको करिब ३ लाख ५० हजार जनाले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । 

    चेम्बर अफ कमर्स रुपन्देहीका वरिष्ठ उपाध्यक्ष राममिलन यादवले महोत्सवलाई सफल बनाउन सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

    महोत्सवको सह प्रायोजकमा एस.आर. स्टिल एण्ड एस.आर. फुड्स प्रालि र प्रवद्र्धकमा पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश रहेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology