Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राजनीतिक स्थिरताका लागि चुनाव नै विकल्पः अध्यक्ष ढकाल

राजनीतिक स्थिरताका लागि चुनाव नै विकल्पः अध्यक्ष ढकाल

  • 1.2K
    SHARES

  • राजनीतिक  स्थिरताका लागि चुनाव नै विकल्पः अध्यक्ष ढकाल

    अमेरिका,कार्तिक ९ । 
    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले  राजनितिक स्थायित्वका लागि चुनावको विकल्प नभएको बताएका छन् ।

    पोलिटिकल अस्थिरताको अन्त्य गर्दै देशलाई लिकमा ल्याउनका लागि चुनाव बाहेक अर्को केही हुँदैंन ।

    अन्तराष्ट्रिय नेपाली युवा उद्यमी महासंघले अमेरिकाको डलासमा आयोजना गरेको अन्तरक्रियामा भने –नेपालमा पोलिटिकल अस्थिरता छ, सोलुसन भनेको चुनावनै हो, सरकारले पनि सबैको अनरसिप लिएर सबैलाई चुनावमै लैजान भूमिका खेल्नुपर्दछ, देशलाई सिस्टममा लग्नका लागि चुनावमै जाने हो, सबैलाई विश्वासमा लिएर अघि बढ्नुपर्दछ । 
    कठिन अवस्थाका बीच पनि निजी क्षेत्र आशावादी ढंगले अघि बढिरहेको बताउँदैं अध्यक्ष ढकालले पछिल्लो जेन जी पुस्ताले गरेको आन्दोलन र उनीहरुले आन्दोलनका क्रममा उठाएका भ्रष्टाचार अन्त्य, शुसाशन, समृद्दि, रोजगारी जस्ता मुद्दा आम नेपालीकै रहेको बताए । तर आन्दोलनका क्रममा भएको आगजनी , तोडफोड जस्ता गतिविधि  सबैका लागि दुःखदायी रहेको जनाए ।   
    जेन  जी ले उठाएको कुरा वास्तवमा धेरैं नेपालीको चाहना थियो, शुसासनको कुरा, भ्रष्टाचारको कुरा, वन डोर प्रणालीका कुरा आम पब्लिकले पनि चाहेको कुरा हो ।

    उनले थपे –तर जेनजी को उद्देश्य भित्र  सिंहदरवार, अख्तियार, सर्वोच्च अदालत जलाउने  ,  उद्योग प्रतिष्ठान जलाउने पक्कै थिएन त्यहाँ घुसपैठ भयो, रोजगारीको कुरा गरिरहँदा उद्योग व्यापारिक प्रतिष्ठानमा आगजनी गरेर त्यो कसरी संभव रहन्छ । 
    एक अर्को प्रसंगमा अध्यक्ष ढकालले आन्दोलनका क्रममा भएको आगजनीका घटनाहरुलाई हेर्दा त्यसको पछाडि एक कारण फेक न्यूज रहेको देखिएको र फेक न्यूज बिस्तारैं समस्या बनिरहेकाले फेक न्यूजवाट समाजलाई जोगाउनुपर्ने बताए ।

    एक अर्को प्रसंगमा अध्यक्ष ढकालले नेपालमा जहिल्यैं पनि लगानी गर्ने प्रचुर संभावना हुने भएकाले नेपालमा लगानी गर्न सबैलाई आग्रह गरे । लगानीको ईन्भायरमन्ट बन्दैं गएको छ, ३० वटा भन्दा बढि लगानी मैत्री रुपमा कानुन संसोधन भएका छन् । उनले भने–लगानी गर्न नेपालमा प्रचुर संभावना रहेको छ, हामीले पनि नेपालमा लगानी गर्ने वातावरण राम्रो रहेको सन्देश दिने गरी काम गरिरहेका छौं । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology