बुटवल,असोज २९ ।
मिलन कला केन्द्र बुटवलको आयोजनामा जारी पीपुल्स स्किन केयर नृत्यमञ्च किड्स २०८२ को फाइनल कार्तिक १ गते हुने भएको छ । फाइनल राउन्डका लागि सेमिफाइनलबाट २० जना प्रतिस्प्रर्धी छनौट भएको मिलन कला केन्द्रकी अध्यक्ष मिना बुढाथोकीले बताउनुभयो ।
नो भोटीङ नो एसएमएस भएकाले निर्णायकको मुख्य भूमिका रहने र क्षमता भएकाहरु मात्र बिजेता बन्ने उहाँको भनाइ छ । बुटवलमा आज पत्रकार सम्मेलन गर्दै फाइनलको सबै तयारी पूरा भएको उहाले बताउनुभयो ।
जेठ महिनाबाट शुरु भएको प्रतियोगिताको फ्रि अडिसन राउन्डमा २ हजार ५ सय जना प्रतियोगि सहभागि थिए । उनीहरुबाट अडिसन राउन्ड,वर्कसप राउन्ड,मेघा अडिसन राउन्ड,सेमी फाइनल हुदै छनोट भएको र यसमा नो भोटिङ नो एसएमएसको प्रावधान लागु गरिएको कार्यक्रम संयोजक दाबा शेर्पाले बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले ५१ हजार १ सय ११ सहित प्रमाणपत्र र मायाको चिनो पाउनेछन् । त्यस्तै क्रमश २१ हजार १११, १५ हजार १११,५ हजार १११ पाउनेछन् ।
त्यस्तै धेरै भ्यु,लाइक र शेयरका आधारमा छनौट हुने टीकटक प्रतियोगितामा उत्कृष्ट हुनेले क्रमश ५ हजार,३ हजार,२ हजार,१ हजार र मायाको चिनो समेत पाउने छन् । प्रतियोगिताको मुख्य प्रायोजकमा पिपुल्स स्किन केयर रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)