बुटवल,असोज २६ ।
मिलन कला केन्द्र बुटवलको आयोजनामा भैरहेको पीपुल्स स्किन केयर नृत्यमञ्च किड्स २०८२ को फाइनल राउन्डका लागि २० जना प्रतिस्प्रर्धी छनौट भएका छन् ।
शनिबार बुटवलमा भएको सेमिफाइनल राउन्डबाट २० जना प्रतियोगि छनौट हुदै फाइनल राउन्डमा प्रवेश गरेका छन् ।
सेमीफाइनल राउन्डको निर्णायकमा डान्सर हिमाल सुनार र मोडल बबिता धिताल निर्णायकको भूमिकामा रहनुभएको थियो ।जेठ महिनाबाट शुरु भएको प्रतियोगिताको फ्रि अडिसन राउन्डमा २ हजार ५ सय जना प्रतियोगि सहभागि थिए ।

उनीहरुबाट अडिसन राउन्ड,वर्कसप राउन्ड,मेघा अडिसन राउन्ड,सेमी फाइनल हुदै छनोट भएका २० जनाका बिचमा अन्तिम प्रतिस्प्रर्धा कार्तिक १ गते हुने मिलन कला केन्द्रकी अध्यक्ष मिना बुढाथोकीले बताउनुभयो ।
नो भोटिङ नो एसएमएस नारासहित प्रतियोगिता गरिएको कार्यक्रम संयोजक दाबा शेर्पाले बताउनुभयो । प्रतियोगितामा प्रथम हुनेले ५१ हजार १ सय ११ सहित प्रमाणपत्र र मायाको चिनो पाउनेछन् । त्यस्तै क्रमश २१ हजार १११, १५ हजार १११,५ हजार १११ पाउनेछन् ।
त्यस्तै धेरै भ्यु,लाइक र शेयरका आधारमा छनौट हुने टीकटक प्रतियोगितामा उत्कृष्ट हुनेले क्रमश ५ हजार,३ हजार,२ हजार,१ हजार र मायाको चिनो समेत पाउने छन् । प्रतियोगिताको मुख्य प्रायोजकमा पिपुल्स स्किन केयर रहेको छ ।
यी हुन् फाइनलमा प्रवेश गर्ने सहभागिहरु :

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)