Logo मंगलवार, श्रावण १२ गते २०८३
images

इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २८ पुग्यो

इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २८ पुग्यो

  • 1.4K
    SHARES

  • इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २८ पुग्यो

    इलाम,असोज १९।

    इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । शनिबार राति गएको पहिरोमा परी इलाम नगरपालिका-६ घोसमा मात्रै ६ जनाको ज्यान गएको छ ।

    यस्तै, देउमाई नगरपालिकामा २, सन्दकपुर गाउँपालिकामा ३, माइजोगमाई गाउँपालिकामा ८, माङसेबुङ गाउँपालिका-१ पाटीगाउँमा ३, फाकफोकथुम गाउँपालिका-१ रातमाटेमा १ र सूर्योदय-१ मानेभञ्ज्याङमा ५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

    विभिन्न स्थानमा गएको पहिरोले इलाममा मात्रै १२ जनाभन्दा धेरै बेपत्ता भएको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । उनका अनुसार पहिरोले दर्जनौं घरमा क्षति पुर्‍याएको छ ।

    यसैबीच, माङसेबुङ गाउँपालिका–१, गजुरमुखीमा पहिरोका कारण गम्भीर घाइते दुईजनाको हवाई उद्धार गरिएको छ । नेपाली सेनाको इटहरी बेसबाट परिचालित हेलिकोप्टरले एक गर्भवती र एक पुरुषको उद्धार गरेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले बताए ।

    ‘गम्भीर घाइतेहरुलाई लिएर आएको हेलिकोप्टर धरान र विराटनगरमा अवतरण हुन सकेन, त्यसपछि इटहरीमा अवतरण गरायौं,’ उनले  भने, ‘इटहरीबाट स्थलमार्ग हुँदै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लैजाँदै छौं ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology