धनगढी,असोज १८ ।
कैलालीको धनगढीमा पोखराका लागि छुटेको यात्रुवहाक बस दुर्घटनामा परेको छ।
धनगढीको बोराडाँडीमा ना २ ख १९०७ नम्बरको बस दुर्घटनामा परेको हो। पैदलयात्रुलाई जोगाउने क्रममा अनियन्त्रित भएर बस दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले बताए।
बसमा १९ जना सवार रहेकोमा सात जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)