बुटवल,साउन १७ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा सेवाग्राही बालिकामाथि यौन दुर्व्यवहार भएको आरोपमा एक जना कर्मचारी पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालयबुटवलका अनुसार अस्पतालमा एक्सरे विभागमा काम गर्ने कर्मचारी ३१ वर्षीय सुवास गौतम विरुद्ध उजुरी परेपछि पक्राउ गरिएको हो ।
अस्पतालमा भिडियो एक्स-रे गराउन आएकी १६ बर्षे बालिकालाई ती कर्मचारीले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी परेपछि पक्राउ गरिएको हो । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे आज दिउसो १ बजे आफुले खबर पाएको वुटवल १० का वडाध्यक्ष बलु पुनले बताए । उनले घटनाबारे सत्यतथ्य पत्ता लगाइ कानुनी कारबाहि गर्नुपर्ने बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)