Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्ब ७६ करोड

काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्ब ७६ करोड

  • 1.5K
    SHARES

  • काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्ब ७६ करोड

    काठमाडौं,असार २९–

    काठमाडौं महानगरपालिकाको नगर सभा बैठक सकिएको छ । महानगरपालिकाकी उपप्मुख सुनिता डंगोलले नगर सभाको १७ औंँ अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी छन् ।

    उनले आगामी आर्थिक बर्ष २०८२/८३ को लागि रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैया संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुने गरी कुल रु.२५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेकी हुन् ।

    महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि रु. २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट पारित गरेको थियो ।

    बैठकमा प्रमुख बालेन्द्र शाह बालेनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसमाथि छलफल र पारित गर्न असार ३२ गते अर्को बैठक बोलाइएको जानकारी गराउँदै मेयर बालेन्द्रले बैठक समापन भएको जानकारी दिएका हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology