Logo बिहिवार, आश्विन १ गते २०८३
images

रामायण वाचन प्रतियोगितामा तिनाउ ईङ्लिस बोर्डिङ स्कुल प्रथम

रामायण वाचन प्रतियोगितामा तिनाउ ईङ्लिस बोर्डिङ स्कुल प्रथम

  • 3.6K
    SHARES

  • रामायण वाचन प्रतियोगितामा तिनाउ ईङ्लिस बोर्डिङ स्कुल प्रथम

    बुटवल, असार २७।

    बुटवलमा सम्पन्न विद्यालय स्तरिय रामायण वाचन प्रतियोगितामा तिनाउ ईङ्लिस बोर्डिङ स्कुल प्रथम भएको छ ।

    २१२ औ भानु जयन्तीको अवसरमा आयोजित श्री जनज्योती पुस्तकालयको आयोजनामा भएको माध्यामिक विद्यालयस्तरीय रामायण वाचन प्रतियोगितामा तिनाउका ऐश्वर्य कार्की र ज्याक्सन दुधराजले उत्कृष्ट शैलीमा आफनो कथा छन्दोबद्ध वाचन गर्दै प्रथम भएको अतिरिक्त कृयाकलाप प्रमुख नविन शाक्यले नागरिक अनलाइ

    यसैगरि प्रतियोगितामा कान्ति माबि दोस्रो, आवर पिसल्याड तेस्रो तथा स्मृति ईगलिस बोर्डिङ स्कुलका विद्यार्थी चौथो भएका छन ।

    प्रतियोगितामा छन्दबादी समाज नेपालका संस्थापक अध्यक्ष कबिराज पौडेल र उपाध्यक्ष शंकर पाण्डे निर्णायक रहेको थियो ।

    भानुभक्त लिखित रामायण पद्यमा लय मिलाएर प्रस्तुत गरिएको मध्ये गति, यति र लय मिलाएर छन्दोबद्ध कविताको वाचनलाई उत्कृष्ट घोषणा गरिएको समाज नेपालका संस्थापक अध्यक्ष कबिराज पौडेलले बताए । कुल ६ मिनेटको समय तोकिएको उनले बताए ।

    कालिका क्याम्पसका प्राचार्य घनश्याम पाठकले कार्यक्रमको औपचारिक उद्घाटन गर्दै पठन संस्कृति विकाससंगै विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने प्लेटफर्म पुस्तकालयबाट दिने काम भएको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, आषाढ २८ २०८२०५:१०:३५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology