Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

देशका ७ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध (सूची)

देशका ७ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध (सूची)

  • 843
    SHARES

  • देशका ७ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध (सूची)

    काठमाडौँ,असार २०।

    बाढी र पहिरोका कारण देशका ७ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जानकारी दिएको छ । शनिबार दिउँसो २ बजेसम्मको अद्यावधिक विवरण अनुसार ४ वटा राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् ।

    अविरल वर्षाका कारण संखुवासभास्थित कोशी राजमार्गमा पूर्णरूपमा अवरोध छ । त्यस्तै, पहिरोका कारण काभ्रेको बनेपा–नाला–भक्तपुर सडकखण्ड तथा सिन्धुपाल्चोकको अरनिको राजमार्ग अवरुद्ध छ ।

    यसैगरी, बाढीका कारण डोल्पाको भेरी करिडोर र रुकुम पश्चिमको जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड अवरुद्ध रहेको छ । जाजरकोटको मध्य पहाडी राजमार्ग र बाजुराको मार्तडी–कोल्टी कच्ची सडक अवरुद्ध रहेको प्रहरीको भनाई छ ।

    sadak.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology