Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

‘वेपत्ता छानविन आयोगले पीडितलाई केन्द्रबिन्दुमा राखेर काम गर्छ’: प्रवक्ता डा.गंगाधर अधिकारी

‘वेपत्ता छानविन आयोगले पीडितलाई केन्द्रबिन्दुमा राखेर काम गर्छ’: प्रवक्ता डा.गंगाधर अधिकारी

  • 3.8K
    SHARES

  • ‘वेपत्ता छानविन आयोगले पीडितलाई केन्द्रबिन्दुमा राखेर काम गर्छ’:  प्रवक्ता डा.गंगाधर अधिकारी

    बुटवल,माघ १६-

    वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग सदस्य एवम् प्रवक्ता डा. गंगाधर अधिकारीले संक्रमणकालीन न्याय निरुपणका लागि आफूहरुको  सक्दो काम गरिरहेको भन्दै पिडीतको पक्षमा काम गर्ने  कुनै कसर बाँकी नराखेको बताएका छन् ।

    न्याय निरुपणका लागि उनले  पिडित, सरोकारवाला, सरकार, राजनितिक दल र सबै पक्षको साझेदारी आवश्यक रहेको उनको भनाइ छ ।

    रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा कार्यक्रममा बोल्दै उनले भने-आयोग पिडितका लागि हो,पीडितलाई केन्द्रबिन्दुमा राखेर काम गर्छ ।’

    आयोगको छानबिन तथा अनुसन्धानको लागि पाँचजना आयुक्त र सिमित कर्मचारीबाट मात्र सम्भव नहुने बताउदै अधिकारीले पीडितमैत्री न्याय प्रदान गर्न सबैको सहयोगको अपेक्षा गरे ।

    समयमै ऎन संसोधन नहुनु र कोभिड १९ का कारण अपेक्षाकृत परिणाममुखी काम गर्न नसकिएको स्वीकार्दै अब बांकी अवधिमा आयोगले तीव्रताका साथ काम गर्ने बताए ।

    आयोगमा नेपाल भरीबाट दर्ता भएको उजुरीका आधारमा दुई हजार पाँच सय २२ जनाव्यक्ती बेपत्ता पारीएको तथ्याङ्क रहेको उनले बताए । जसमध्ये सबै भन्दा बढि बर्दिया जिल्लाबाट २ सय ८८ ओटा उजुरी आयोगमा दर्ता भएकोमा दुई सय ५५ उजुरीहरु विस्तृत छानविनका क्रममा रहेको प्रवक्ता अधिकारीले बताए ।

    लुम्बिनी प्रदेशमा बेपत्ताको संख्या ७ सय ३० रहेको र जसमा ६६६ पूरुष र ६४ महिला रहेको बताए । उजुरीको संख्या ७२१ रहेको उनले बताए । 

    आयोगको म्याद १० दिन बाँकी रहँदै गर्दा पीडितहरुलाई परिचयपत्र वितरण कार्यको आरम्भ गरेको छ । बेपत्ता आयोगले सत्य तथ्य छानविन गरी तयार पारेको परिचयपत्र वितरण कार्यको शुभारम्भ बर्दिया जिल्लाबाट गरेको हो । रामकुमार क्षेत्रीकाे अध्यक्षतामा कार्यक्रम भएकाे थियाे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology