Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बुटवल ६ मा किरियापुत्री भवन उद्धाटन, ८१ व्यक्ति-संस्थालाई सम्मान

बुटवल ६ मा किरियापुत्री भवन उद्धाटन, ८१ व्यक्ति-संस्थालाई सम्मान

  • 1.2K
    SHARES

  • बुटवल ६ मा किरियापुत्री भवन उद्धाटन, ८१ व्यक्ति-संस्थालाई सम्मान

    बुटवल,जेठ ३१ ।

    बुटवल उपमहानगरपालिका वडा नम्बर ६ ले किरियापुत्री भवन उद्धाटन गर्नुका साथै बिभिन्न बिधामा ८१ व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।

    बुटवल चाँदबारीमा ५६ लाखको लागतमा ६ कोठे किरियापुत्री भवन उद्धाटन गरिएको हो ।बुटवल उपमहानगरपालकाको २५ लाख तथा वडाबाट ३१ लाख बजेटमा निर्माण भएको भवनको शुक्रबार बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, वडा अध्यक्ष लोकनाथ न्यौपाने,वडा सदस्यहरु लगायतले उद्धाटन गरेका हुन् ।

    लगत्तै वडा कार्यालयमा आयोजना गरिएको सम्मान कार्यक्रममा सम्पती कर ब्यक्तीगत तर्फ ५जना, बहाल कर ब्यक्तिगत तर्फ ५ जना तथा सम्पती र बहाल कर सस्थागत तर्फ २ र २ जना, सामाजिक ब्यक्तित्व २० जना, उमभोक्ता समिती ३ वटा, टोल बिकास सस्था ८ वटा, सस्थागत तर्फ ७ वटा, आमा समूह ७ वटा, धार्मिक सस्था ११ वटा, जेष्ठ नागरीक ३ जना र ३ जना कर्मचारी लाई सम्मान गरिएको हो ।

    सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेयले नगरको बिकासको लागि बुटवलले अत्यन्तै महत्वपूर्ण कार्यहरु गर्दै आईरेको बताउँदै अहिले प्रतिफल र उपलब्धी देखिने बेला आएको बताए ।

    कार्यक्रममा नगरउपप्रमुख साबित्रादेबी अर्यालले उमहानगरले महिला तथा युवालाई रोजगारसंग जोडेर अगाडी बढेको बताउँदै आवश्यक तालिम माग गरेमा उपमहानगरकै खर्चमा प्रदान गरिँदै आएको जानकारी गराइन् । कार्यक्रममा बुटवल ६ का अध्यक्ष लोकनाथ न्यौपानले आफु निर्वाचित भएर आएसंगै गरेका महत्वपूर्ण गतिविधिहरुको बारेमा जानकारी गराउँदै आगामी आर्थिक वर्षमा समेत वडामा राम्रो बजेट आउने विश्वास ब्यक्त गरे ।

    किरियापुत्री भवन उपभोक्ता समिती अध्यक्ष श्याम प्रसाद पाण्डेले भवन अत्याधुनिक भवन बनेको दाबी गरे । सो अवसरमा वडाका अति बिपन्न परिवारलाई चामल समेत सहयोग प्रदान गरिएको वडाका कर्मचारी नारायण प्रसाद खनालले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology