मञ्जु कडेल/बुटवल, जेठ २५ ।
लालपूर्जा हातमा लिएर ढोग्दै ८७ वर्षिय टेकबहादुर रोकाले—भने अब त ढुक्क भो । मर्ने बेलामा पनि सुख्खले परान जाने भो । कान निकै कम सुन्ने, ठिंग उभिन नसक्ने उमेरले ८७ वर्षिय बयोवृद्ध रोका लालपुर्जा हात परेपछि रोका हर्षले गद्गद छन् । पटक पटक हातमा रहेको लालपुर्जा हेदै ढोग्दै भन्छन् अब ढुक्कले सास जाने भो ।
उभिदा ढाड दुखेर निहुरिएर हिड्ने टेकबहादुर विगत ५१ वर्ष देखि बुटवल उपमहानगरपालिका वडा नम्बर १५ सेमलारमा बसोवास गर्दै आएका छन् । घर छ, खेतवारी छ, तर लालपुर्जा छैन जस्ले गर्दा छोराछोरी पढाउदा, विदेश पठाउदा बैकमा राखेर लोन लिन नसकेर हैरान भएका उनि अब उमेर पनि पाक्यो लालपुर्जा पनि आयो । ढिलो भो तर पार्यौ हामी खुशी छौ, धन्यवाद जनप्रतिनिधलाई भन्दै उनले आशिर्वाद दिदै थिए ।
त्यस्तै विगत लामो समयदेखि बसोबास गर्दै आएकी कृष्णदेवी सापकोटा आफ्नो घरजग्गाको लालपुर्जा नबन्दा निकै चिन्तित थिईन् । झण्डै ६ दशकदेखि बसोबास गरेको भएपनि आफु बसेको जग्गा आफ्नो हो भन्ने प्रमाण नहुँदा चिन्तित बनेकी सापकोटा लगाएतका ४२ परिवार अहिले जग्गाधनी पुर्जा प्राप्त गरेपछि खुशी भएका छन् ।
बुटवल उपमहानगरको प्रयास र समन्वयमा जिल्ला मालपोत कार्यालय र नापी कार्यालय रुपन्देहीको सहकार्यमा लालपूर्जाको सम्पूर्ण प्रकृया पुरा भएपछि मात्रै सेमलारका ४२ घरपरिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका हुन् । सापकोटाले भनिन्—लालपुर्जा नहुँदा भौतिक, सामाजिक र मानसिक रुपले समेत बिभिन्न समस्याहरु थिए, खरिदबिक्रि, बैंकिङ्ग आदीमा निकै समस्या पर्यो ।
यस्तै बुटवल १५ सेमलारको बगियाटोल बस्ने गंगाप्रसाद नेपालले पनि लालपूर्जा हातपर्दा आफ्नो र परिवारको खुशीको सिमा नरहेको बताए । बिगतमा भुलवस नवरत्न बिद्यालयको नाममा नापी भएकोले आफुहरु जग्गा धनिपुर्जा प्राप्त गर्नबाट बन्चित हुनुपरेको उल्लेख गर्दै नेपालले करिब ४४ बर्षपछि मात्रै पुर्जा पाएकोले पनि अत्यन्तै खुशी लागेको बताए । उनले भने—यसमा बिद्यालयले पनि सहयोग गर्यो, राम्रो भयो । प्रध्यापक तथा समाजसेवि किशोरकुमार खनाल पाल्पा जन्म भै बसाईसराई गरेर आएका थिए ।
उच्चशिक्षा हासिल गर्न छोराछोरीलाई विदेश पठाउन रकम अभाव भो सम्पति छ तर आर्थिकरुपमा नभए सरह छ । अब बल्ल काम गर्न पाइने भो खनालको भनाई छ । त्यस्तै विरवशादुर क्षेत्री पनि औदी खुशी छन् । लामो समय पछि लालपुर्जा पाउदाका खुशी व्यक्त गरेर नसकिने छन् भने विथगतका समस्या पनि भोग्नमा उस्तै समस्या थिए ।
कारोबार लगाएतका कामहरु गर्न सास्ती थियो, अव समाधान भयो खुशी लागेको छ । बिसं २०२७ सालमा जग्गाको नापी नक्सा हुँदा ब्यक्तिको नाममा रहेको उक्त जग्गा भुलवस बिद्यालयको नाममा गएको थियो । लामो कानुनी प्रकृया र झन्झटका कारण पुनः बिद्यालयको नामबाट छुटाएरु ब्यक्तिको नाममा जग्गा नामसारी गर्न निकै समस्या भएको र निकै कठिनाई र सास्ती खेपेर फिर्ता ल्याउन सफल भएको जग्गाधनिहरु बताउछन् ।
यसैबिच बिगत लामो समयदेखि लालपूर्जा विहिन रहेका बुटवल १५ सेमलार क्षेत्रका ४२ वटा जग्गाधनीलाई उक्त गाउँ ब्लक जग्गाको पूर्जा वितरण गरिएको छ । स्थानिय करीब ६ दशक अघिदेखि स्थायी रुपमा बसोबास गर्दै आएपनि लालपूर्जाविहिन ४२ घरजग्गाका धनीलाई बिहीबार उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लालपूर्जा वितरण गरेका हुन् ।
लालपूर्जा वितरण गर्दै नगर प्रमुख पाण्डेयले बुटवलका अरु धेरै स्थानमा नापजाँच भएर पूर्जा दिन बाँकी रहेका सबैलाई छिटै नै पूर्जा दिने गरी प्रक्रिया अगाडि बढेको भनाई छ । जग्गाहरुको नापजाँच छुटेको भएमा वा कुनै समस्या रहेको भएमा बुटवल उपमहानगरपालिकाले सबै खर्च बेहोरेर नापजाँच गरेर पूर्जा दिनेगरी प्रकृया अगाडि बढाउने प्रमुख पाण्डेयले प्रष्ट पारे ।
उपप्रमुख सावित्रादेवी अर्यालले पूर्जा प्राप्त गर्ने गरी प्रक्रिया पूरा भएकाहरुलाई यथासिघ्र लालपूर्जा वितरण गर्ने गरी काम भएको बताइन । कार्यक्रममा भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापा, नापी कार्यालय रुपन्देहीका नापी अधिकृत सुग्रिव यादव, वडा नम्बर १५ का अध्यक्ष शिव राना लगायतले बोल्दै प्रक्रिया पूरा गरी पूर्जा वितरणका लागि तयार भएका जग्गाहरुको पूर्जा वितरणको काम अगाडि बढेको बताए ।
यसैबिच लालपुर्जा प्राप्त गरेका सबै स्थानियले संचारकर्मी समक्ष खुशी ब्यक्त गरेका छन् । लामो समयदेखि लालपुर्जा नहुँदा घरनक्सा पास, खरिद बिक्रि, बैंकिङ्ग कारोबार लगाएतका कामहरु गर्न समस्या भएको बताउदै उनिहरुले अव सहज हुने भएकोले खुशी भएको उनिहरुले बताएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)