बुटवल,बैसाख २१ ।
भारतको निरञ्जनी अखडाका प्रमुख स्वामी कैलाशानन्द गिरी ६ दिनदेखि नेपालमा ब्यस्त हुनुभएको छ । स्वामि कैलाशनन्द गिरी नेपालको विभिन्न धार्मिक क्षेत्रको भ्रमण गर्नेक्रममा यतिबेला बुटवलमा आईपुग्नुभएको हो ।
संघीय संसदका पुर्व सांसद प्रमोद कुमार यादवको पहलमा स्वामि कैलाशनन्दलाई रुपन्देहीको भैरहवा निम्ताइएको हो । स्वामि कैलाशनन्द गिरी आज बुटवलका उद्योगी चुन्नु पौडेल र नरिश्वर पौडेलको निबासमा समेत पुग्नुभएको छ ।सो अवसरमा स्वामिलाइ बाजागाजा सहित स्वागत गरिएको थियो ।

भने रुपन्देहीका धार्मिक आस्थावान ब्याक्तिहरुको स्वागतका लागि भिड लागेको थियो । सोही क्रममा उहाँले धार्मिक प्रवचन समेत दिनुभएको थियो । सिता रामको कथा समेत सुनाउनुभएको थियो ।
करिब ३ घण्टा पौडेल परिवारकोमा बिताउनुभएका स्वामिले आजै पाल्पामा रहेको सिद्धाबाबा मन्दिर र बसन्तुपुरमा रहेको माँ कामाख्या मन्दिरमा पुग्नुभएको थियो । सिद्धबाबामा पुजा अर्चना गर्नुभएको अध्यक्ष सन्तोष शेरचनले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।
रुपन्देही आउदा उहालाई भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नकोलागि पुर्व सांसद यादव सहित पुर्व गृहमन्त्री बालकृष्ण खाण, प्रतिनिधी सभा सदस्य मन्जु खाण, लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्रि धनेन्द्र कार्कि, प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिेर सहित विभिन्न पालिकाका प्रमुखहरु, उद्योग बाणिज्य महासंघका उद्योग समितीका सभापति राजेश अग्रवाल, उद्योगि चुन्न पौडेल ,नरिश्वर पौडेल,ऋषि भण्डारी लगायत ठूलो संख्यामा उद्योगि व्यवसायी र राजनैतिक दलका नेता कार्यकर्ताहरु समेतले स्वागत गर्नुभयो ।

सनातनि धर्म संस्कारको प्रबद्र्धन गर्ने उद्धेश्यले नेपालका धार्मिक क्षेत्रको भ्रमण गरिरहेको स्वामि कैलाशानन्दले बताउनुभयो । स्वामि कैलाशानन्दले नेपालका धेरै धार्मिक स्थलहरु अत्यन्तै पवित्र भएकोले ती स्थलहरुको भ्रमण गर्न करोडौ भारतीयहरु पनि आउने विश्वास व्यक्त गर्नुभयो । स्वामि कैलाशानन्द बैशाख १५ गते दिल्लीबाट नेपाल एअरलायन्सको जहाज मार्फत काठमान्डौ आउनुभएको थियो ।
सोहि दिन ललितपुरको गोदावरि रिर्सोटमा राजनैतिक दलका नेताहरु, उद्यमी, व्यवसायी र आफ्ना शिष्यहरुलाई भेटघाट गरेपछि १६ गते पशुपति नाथमा विशेष पुजापाठ गर्नुभयो । पोखरामा १७ गते कोटिहोमको उद्घाटन गरेर । १८ गते पोखरा भ्रमण गरेपछि उहाँ १९ गते हेलिकप्टर मार्फत दामोदर कुण्ड पुगेर पुजा अर्चना गर्नुभयो । उहाँ बैसाख २० गते पोखराबाट भैरहवा आईपुग्नुभएको थियो । उहाँ २६ गते दिल्ली प्रस्थान गर्ने कार्यक्रम तालिका रहेको छ ।
धार्मिक विषयमा र सनातनी धर्म सस्कारको विषयमा खास निर्णय लिनुपर्दा भारतीय प्रधानमन्त्री मोदि र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगिले स्वामि कैलाशानन्दको सल्लाह लिने गरेको भारतीय मिडियाहरुले बताउने गरेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)