काठमाडौँ,बैसाख २०।
भारतको निरञ्जनी अखडाका प्रमुख स्वामी कैलाशानन्द गिरी ४ दिनदेखि नेपालमा छन् । स्वामी गिरी नेपालका विभिन्न मठ मन्दिरमा पुगेर पुजाअर्चना गरिरहेका छन् । भारतका हिन्दु धर्मालम्बीहरूका लागि प्रमुख अखडामानिने अखडाका प्रमुख गिरी वैशाख १५ गते नेपाल आएका थिए । उनी वैशाख २६ गतेसम्म नेपाल बस्नेछन् ।
१६ गते पशुपतिनाथ मन्दिरमा विशेष पुजाआजाका लागि गएका गिरीलाई पशुपति क्षेत्र विकास कोषले स्वागत रसम्मान गरेको थियो । सम्मानपछि मन्दिरमा विशेष पुजाआज गरेका उनी त्यसैदिन पोखरा गएका थिए । १७ गतेपोखरामा आयोजित कोटिहोमको उदघाटन गरेका थिए ।
गिरीले आज मुस्ताङको दामोदर कुण्डमा पुजा गरेर पोखरा फर्किएका छन् । गिरी २१ गते लुम्बिनी पुगेर बुद्धकोजन्मस्थल र मायादेवी मन्दिरको अवलोकन गर्नेछन् ।
उनले २२ गते रसुवाको गोसाइकुण्डमा पुजा गर्ने कार्यक्रम तय भएको छ । २३ गते ललितपुरमा रहेको दक्षिणकालीमन्दिरको दर्शन गर्ने कार्यक्रम तय भएको छ ।
उनले काठमाडौँका चन्द्रगिरी रिसोर्टदेखि गोकर्ण रिसोर्टसम्म भ्रमण गर्ने र बास बस्ने कार्यक्रम तय भएको छ ।गिरी २६गते नयाँ दिल्ली फर्किने कार्यक्रम तय भएको छ । भारतमा निरंजन पिठाधिश्वर श्री श्री १००८ आचार्य महामण्डलेश्वरपुज्य स्वामी कैलाशानन्द गिरी चिनिने उनीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत सल्लाह लिने निकटस्थहरूबताउँछन् ।
गिरीलाई भारत पुगेको बेलामा अधिंकाशं नेपाली नेताले भेट्ने गरेका छन् । नेपालमा पनि उनलाई सुरक्षा प्रदान गरिएकोथियो । गिरीलाई नयाँ दिल्लीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बेलामा पूर्वगृहमन्त्री बालकृष्णखाणसहितले स्वागत गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)