Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सिद्धार्थनगरद्वारा फोहोर मैला ब्यवस्थापन ऐन कार्यान्वयनमा,बिरुद्धमा गए कारबाही !

सिद्धार्थनगरद्वारा फोहोर मैला ब्यवस्थापन ऐन कार्यान्वयनमा,बिरुद्धमा गए कारबाही !

  • 1.9K
    SHARES

  • सिद्धार्थनगरद्वारा फोहोर मैला ब्यवस्थापन ऐन कार्यान्वयनमा,बिरुद्धमा गए कारबाही !

    बुटवल, बैशाख १७ ।


    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले फोहोर मैला ब्यवस्थापनमा सक्रियता बढाएको छ । नगरपालिकाले आफैले बनाएको फोहोर मैला ब्यवस्थापन ऐन२०६८ लाइ कढाइका साथमा कार्यान्वयनमा लगेको छ ।

    यसले गर्दा नगरको सौन्र्यता बढेको हो । ऐनलाइ कढाइका साथमा कार्यान्वयनमा लैजादा स्थानीयले पहिलो पटक जरिवाना समेत तिर्नुपरेको छ ।

    सिद्धार्थ नगरपालिकाले सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्नेलाई जरिवाना लगाएको पहिलो घटना हो । पटक पटक सुचना जारी गर्दा समेत अटेर गरी जथाभाविफोहोर फाल्न नछाडेपछि नगरपालिकाले जरिवानापत्र काटेको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिनुभयो ।

    safai.jpg

    नगरका सडक पेटी एवं सार्वजनिक स्थानहरुमा जथाभावि फोहोर फाल्ने ६ ब्यबसायीक फर्मलाई पहिलो पटकलाई पाँच हजारका दरले जरिवाना तोकीएको उहाँले जानकारी दिनुभयो ।नियमीत सरसफाई एवंम फोहोर मैला घर घरमापुगेर उठाउदाँ पनि कतीपयले अटेर गरी सार्वजनीक स्थानमाफोहोर फाल्न नछाडे पछि बाध्यभएर जरिवाना काट्नु परेको नगर प्रमुख खाँको भनाइ रहेको छ ।

    ‘नगर स्वच्छ, सफा, हराभरा र सुन्दर राख्ने दायीत्व सवैको हो । हामीले सरसफाई गरिरहने र जथाभावि फोहोर पनि फालीनै रहने हो भने यो उद्धेश्य पुरा हुन सक्दैन । त्यसकारण नगरसफा राख्ने कार्यमा सवैले सहयोग गरौ ।’उहाँको भनाइ छ ।

    नगरपालिकाले यहि बैसाख १२ गते शुक्रबारका दिन  वडा नं ५ का गणेश लक्ष्मी कलेक्सन, हरि ओम फूुल घर, के.जी फु्रट एण्ड मेटिरेवल सप्लायर्स, आर.जे फु्रट एण्ड सब्जी सप्लायर्स, वडा नं ६ को नवदुर्गा प्लाष्ट्रिक सप्लायर्स र  १२ को वेवि लेण्डलाई पहिलो पटकलाई पाँचहजार जरिवाना तोकेपछि नियमको पालना गर्नेहरु बढ्न थालेका छन् ।

    नगरले निर्माण गरेको फोहोर मैला ब्यवस्थापन ऐन २०६८ को दफा ३८ (क) को कसुर ठहर गरी सोही ऐनको ३९ (१) अनुसार जरिवाना तोकीएको र उक्त जरीवानाको रकम फोहोर गर्नेहरुले तिरिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिनुभयो ।

     

    IMG_20250425_144733.jpg
    यदि ३ दिनभित्र नै नबुझाएमा नगरपालिकाले आवश्यक थप कारबाही गर्ने तयारी समेत प्राबधान अनुसार नै रहेको उहाँको भनाइ छ । थापाले जथाभावी फोहोर फाल्नेहरु माथि नगरपालिकाले थप निगरानि बढाएको र फोहोर नगर्नका लागि अपिल समेत गरिरहेको बताउनुभयो ।

    ‘अबदेखि सार्वजनिक स्थानमा कसैले पनि फोहोर फालेको पाईएको कानुन बमोजिम कारबाही गरिने छ ,त्यसैले सजग रहनुहोला ।’ उहाँको भनाइ छ ।

    कतिपय अवस्थामा फोहोर जथाभावी फाल्नेलाई सिद्धार्थनगर नगरपालिकाले यसअघि पनि  नगर प्रहरी परिचालन गरी कारबाही समेत गरेको र सचेत बनाएको नगर प्रमुख इश्तियाक अहमद खाँनको भनाइ छ । ‘डम्पिङ साइट बनाउने र दीर्घकालिन समाधानका लागि सबैजनप्रतिनिधिसंग धेरै पटक छलफल भएको र केही समय सम्ममा केही टुंगो लाग्ने छ । ’उहाँले भन्नुभयो ।

    फोहोर मैला व्यवस्थापन सिद्धार्थनगर नगरपालिका कार्यालयको आयोजनामा वृहत नगर सफाइ अभियानमा घरदैलो कार्य गरेकाले नगर सफा सहजै सफा भैरहेको स्थानीयको भनाइ छ ।

    सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले फोहोर मैला ब्यबस्थापन साथसाथै नगरमा वृक्षारोपण गरेर नगरलाई हरियाली बनाउने काम पनि संगै गरिएको बताउनुभयो । सिद्धार्थनगर नगरपालिकाले फोहोर हटाउदै नगर सरसफाइलाई अभियानकै रुपमा चलाएको छ । अभियानले यतिबेला सिद्धार्थनगर निकै सुन्दर र पर्यटकीय गन्तब्य बनेको छ ।

    दैनिक २५ टन फोहोर ब्यवस्थापन,हरियाली अभियान जारी :

    वि.स. २०६९ सालदेखि नै नगर सरसफाइको अभियान सुरु गरेको नगरपालिकाले  फोहोरमैला व्यवस्थापनमा निकै मेहनत गरेको नगरका प्रवक्ता तथा वडा न ४ का वडाध्यक्ष समेत रहेका मुक्तिनाथ यादवले जानकारी दिनुभयो ।

    sis.jpg

    फोहोर ब्यबस्थापनका लागि नगरले कुल १ सय ५ जना कर्मचारी परिचालन गरेर नगरमा संकलन हुने दैनिक २० देखि २५ टन फोहोर ब्यवस्थापन गरेको यादवको भनाइ  छ । अहिले ३० लाखमा बार्षिक फोहोरमैला ब्यबस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।

    उहाँले वडा न १ डण्डा खोला छेउमा ब्यस्थित ढंगले फोहोर संकलन र ब्यवस्थापन गरिरहेको र दैनिक २४ वटा फोहोर बोक्ने गाडी परिचालन गरिएको बताउनुभयो । रुट मिलाएर १३ वटै वडाको फोहोर दण्डा छेउमा लगेर थुपारिएको माटोमा जेसिभीको मदतमा फोहोर ब्यबस्थापन गरिएको उहाँको भनाइ छ ।

    siddhartha nagarpalika.jpg

    वडा न १ का वडाअध्यक्ष  उज्जवल पोखरेलले आफ्नो वडामा फोहोर ब्यबस्थापनले सहज ढंगले भएको बताउनुभयो । अहिले घरघरमै घरमै फोहोर उठाउने गाडी आउने र बोरामा संकलन गरेर फोहोर फाल्दै आएको होटल ब्यबसायी लक्ष्मी पोखरेल बताउनुहुन्छ ।

    ‘घरमै –पसलमै गाडी फोहोर लिन आउँछ ,त्यसैमा फाल्ने गरेको छु,पहिले त बाटोमै फोहोर नउठाएर दुर्गन्ध फैलिन्थ्यो ,अहिले त बाटोघाटो सबै सफा छ ।’पोखरेलले सुनाउनुभयो । ‘सिद्धार्थनगरका  सरसफाइ अभियानले सफा त भयो तर यो अस्थायी रुपमा मात्रै, दीर्घकालीन रुपमा व्यवस्थापन नगरेसम्म हुदैन । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कल्पना डुम्रे

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology