Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

आतंकवादी हमलामा परी मृत्यु : इन्जिनियरिङ अध्ययनरत रुपन्देहीका सुदीप आमासँग घुम्न गएका थिए !

आतंकवादी हमलामा परी मृत्यु : इन्जिनियरिङ अध्ययनरत रुपन्देहीका सुदीप आमासँग घुम्न गएका थिए !

  • 2.2K
    SHARES

  • आतंकवादी हमलामा परी मृत्यु  : इन्जिनियरिङ अध्ययनरत रुपन्देहीका सुदीप आमासँग घुम्न गएका थिए !

    बुटवल,वैशाख १० ।

    भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा रुपन्देहीका सुदीप न्यौपानेको मृत्यु भएको छ । नेपालमा इन्जिनियरिङ अध्ययन गर्दै गरेका न्यौपाने बिदाको समयमा घुम्न गएका बेला उक्त हमलामा परी मृत्यु भएको गृहमन्त्री रमेश लेखकले जानकारी गराएका हुन् ।

    ‘रुपन्देहीको सन्दिप न्यौपाने आफ्नो आमासहित घुम्न जानु भएको थियो, त्यसक्रममा यस्तो घटना भएको जानकारी आएको छ’, बिहीबार सुरक्षा संवाददाताहरुसँग अन्तरक्रियाका क्रममा उनले भने, ‘यो प्रारम्भिक जानकारी हो ।’

    दूतावासमा समेत सम्पर्क गरेर थप विवरण लिने काम भइरहेको उनले बताएका छन् ।मंगलबार कश्मीरको पर्यटकीय स्थलमा आतंकवादीको हमलामा परी कम्तीमा २६ जनाको मृत्यु भएको थियो ।

    जम्मुकश्मिरमा पर्ने पहलगामको बैसारन भन्ने ठाउँमा पर्यटकहरुलाई लक्षित गरेर नै आक्रमण भएको थियो । बैसारन पहलगामबाट ६ किलोमिटर टाढा पर्दछ ।

    कश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology