Logo बिहिवार, आश्विन १ गते २०८३
images

सुन्धारा-रत्नपार्क हुँदै समाजवादी मोर्चाको जुलुस

सुन्धारा-रत्नपार्क हुँदै समाजवादी मोर्चाको जुलुस

  • 1.1K
    SHARES

  • सुन्धारा-रत्नपार्क हुँदै समाजवादी मोर्चाको जुलुस

    काठमाडौं,१५ चैत ।

    भृकुटीमण्डप पुग्नुअघि समाजवादी मोर्चाले झाँकीसहित जुलुस निकालेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जम्मा भएर सुन्धारा-रत्नपार्क हुँदै समाजवादी मोर्चाले जुलुस निकालेको हो ।

    समाजवादी मोर्चाका नेता-कार्यकर्ताहरू अहिले सभास्थल भृकुटीमण्डपतर्फ अघि बढिरहेका छन् । अन्य रुटबाट पनि मोर्चाका नेता-कार्यकर्ताहरू आउने क्रमम जारी छ । मोर्चामा रहेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायतका नेताहरूले जुलुसको नेत्रित्व गरेका छन् ।

    सभास्थलमा पुगेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology