बुटवल,चैत्र ९ ।
टाशि छ्यो फेल लिंङ्ग जितु वौद्ध गुम्बा वुटवल–१० रामनगरमा ह्युम पोस्ती पाठ सुरु भएको छ । गुम्बामा राखिएको मूर्तिको प्राणप्रतिष्ठ गर्दै ह्युम पोस्ती पाठ सुरु गरिएको हो ।
विश्व शान्तिको कामना स्वरुप चैत्र ११ गते सम्म ह्युम पोस्ती पाठ बाचन हुने गुम्बाका संरक्षक तथा सल्लाहकार झपटबहादुर गुरुङले जानकारी दिनुभयो ।पुण्य अनुष्ठानमा सहभागिता जनाई पुण्यलाभको लागि समेत उहाँले सबैलाइ आग्रह गर्नुभएको छ । बौद्ध विद्वान खेन रिन्पोछे शिर लामा गुरुङको मुखारबिन्दबाट जीवन दर्शन सम्बन्धि धर्म प्रबचन सुरु भएको हो ।
समापनको दिन ११ गते विश्व प्रशिद्ध बौद्ध गुरु परम पुज्य खेन रिन्पोछे साङ्गे राज्युङ्को मुखारबिन्दुबाट दिव्य प्रबचन तथा दिर्घायु अभिषेक प्रदान हुने गुम्बाका अध्यक्ष केशर कुमार गुरुङले जानकारी दिनुभाये ।हिजो बिहान शान्ति पद–यात्रा गर्दै प्रज्ञापारमिता ग्रन्थलाई बाजा गाजा सहित नगर परिक्रमा गरीएको हो ।
यस्तै चैत्र ११ गते गणचक्र पुजा सहित गुम्बामा भएको मूर्तिको प्राणप्रतिष्ठा गरि उदघाटन कार्यक्रम राखिएको सल्लाहकार देवप्रसाद गुरुङले बताउनुभयो । कार्यक्रममा गुरुबाट दिर्घायु अभिषेक वाङ् प्रदान गरि गुम्बा परिवारबाट गुरु मण्डल अर्पण सहित कार्यक्रम समापन गरिने सचिव डोलबहादुर गुरुङले बताउनुभयो । कार्यक्रमको अगाडी नै करिब १करोड रकम संकलन भैसकेको छ ।

जितु वौद्ध गुम्बा वुटवल–१० को उद्घाटन तथा ह्युम पोस्ती पाठ बाचनको तयारी पूरा
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)