Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

जितु वौद्ध गुम्बा वुटवल–१० को उद्घाटन तथा ह्युम पोस्ती पाठ बाचनको तयारी पूरा

जितु वौद्ध गुम्बा वुटवल–१० को उद्घाटन तथा ह्युम पोस्ती पाठ बाचनको तयारी पूरा

  • 1.4K
    SHARES

  • जितु वौद्ध गुम्बा वुटवल–१० को उद्घाटन तथा ह्युम पोस्ती पाठ बाचनको तयारी पूरा

    बुटवल,चैत्र ६ ।

    टाशि छ्यो फेल लिंङ्ग जितु वौद्ध गुम्बा वुटवल–१० रामनगरको उद्घाटन तथा ह्युम पोस्ती पाठ बाचन हुने भएको छ ।
    गुम्बामा राखिएको मूर्तिको प्राणप्रतिष्ठ एवं गुम्बा समुद्घाटन कार्यक्रमको तयारी पूरा भएको आयोजकले बुधबार गुम्कामा पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् ।

    विश्व शान्तिको कामना स्वरुप चैत्र ८ देखि ११ गते सम्म ह्युम पोस्ती पाठ बाचन हुने गुम्बाका संरक्षक तथा सल्लाहकार झपटबहादुर गुरुङले जानकारी दिनुभयो ।
    पुण्य अनुष्ठानमा सहभागिता जनाई पुण्यलाभको लागि समेत उहाँले सबैलाइ आग्रह गर्नुभएको छ । सो कार्यक्रममा बौद्ध विद्वान गुरु खेन रिन्पोछे शिर लामा गुरुङको मुखारबिन्दबाट जीवन दर्शन सम्बन्धि धर्म प्रबचन हुनेछ भने समापनको दिन ११ गते विश्व प्रशिद्ध बौद्ध गुरु परम पुज्य खेन रिन्पोछे साङ्गे राज्युङ्को मुखारबिन्दुबाट दिव्य प्रबचन तथा दिर्घायु अभिषेक प्रदान हुने गुम्बाका अध्यक्ष केशर कुमार गुरुङले बताउनुभयो ।IMG_3539.jpeg
    चैत्र ८ गते शुक्रबार बिहान ९ः३० बजे देखि शान्ति पद–यात्रा गरि प्रज्ञापारमिता ग्रन्थलाई बाजा गाजा सहित नगर परिक्रमा गराइने,दैनिक प्रवचन हुनेछ साथै ११ बजे दिप प्रज्वलन गरि विश्व शान्ति पुजा समुद्घाटन बाचन प्रारम्भ गरिने तथा हवन  पुजा हुनेछ । चैत्र ११ गते गणचक्र पुजा सहित गुम्बामा भएको मूर्तिको प्राणप्रतिष्ठा गरि उदघाटन कार्यक्रम राखिएको सल्लाहकार देवप्रसाद गुरुङले बताउनुभयो ।

    कार्यक्रममा गुरुबाट दिर्घायु अभिषेक वाङ् प्रदान गरि गुम्बा परिवारबाट गुरु मण्डल अर्पण सहित कार्यक्रम समापन गरिने सचिव डोलबहादुर गुरुङले बताउनुभयो ।कार्यक्रमको अगाडी नै करिब १करोड रकम संकलन भैसकेको छ ।IMG_3525.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology