Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

मौलिक चाडपर्वहरूले समुदायबीच आपसी सद्भाव बढाउंछन् : मुख्यमन्त्री आचार्य

मौलिक चाडपर्वहरूले समुदायबीच आपसी सद्भाव बढाउंछन् : मुख्यमन्त्री आचार्य

  • 963
    SHARES

  • मौलिक चाडपर्वहरूले समुदायबीच आपसी सद्भाव बढाउंछन् :  मुख्यमन्त्री आचार्य

    बुटवल,फागुन २९।
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

    शुक्रबार एक सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले मौलिक चाडपर्वहरूले समुदायबीच आपसी सद्भाव बढाउने र राष्ट्रिय एकतालाई अझ मजबुत बनाउने उल्लेख गर्नुभयो । 
    असत्यमाथि सत्य, अन्यायमाथि न्याय, र अन्धकारमाथि उज्यालोको विजयको प्रतीकका रूपमा मनाइने फागु पूर्णिमा (होली)पर्वले समाजमा प्रेम, भाइचारा र मित्रताको सन्देश फैलाउने उहाँको विश्वास छ ।

    मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार मौलिक कला र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा विकासमा प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रदेशको विविध सांस्कृतिक सम्पदा, परम्परा, र मौलिक पहिचान नै समृद्ध लुम्बिनी प्रदेशका आधार भएको बताउनुभयो । यस्ता मौलिक सम्पदाको जगेर्ना गर्नुपर्नेमा पनि उहाँले विशेष जोड दिनुभयो ।

    पर्व मनाउने क्रममा कुनै पनि विकृति र विसंगति प्रवेश गर्न नदिन आग्रह गर्दै मुख्यमन्त्रीले सभ्य, मर्यादित, र सौहार्दपूर्ण रूपमा होली मनाउन अपिल गर्नुभएको छ । यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमंग, र हौसला प्रदान गरोस् भन्ने कामना गर्दै उहाँले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने पर्वका रूपमा होली मनाउन अनुरोध गर्नुभएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, फाल्गुण २९ २०८१०७:०१:४३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology