Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा महायज्ञ : हेलिकोप्टरबाट पुष्प बृष्टि,पर्यटन मन्त्रीद्वारा उद्घाटन

बुटवलमा महायज्ञ : हेलिकोप्टरबाट पुष्प बृष्टि,पर्यटन मन्त्रीद्वारा उद्घाटन

  • 1.5K
    SHARES

  • बुटवलमा महायज्ञ : हेलिकोप्टरबाट पुष्प बृष्टि,पर्यटन मन्त्रीद्वारा  उद्घाटन

    बुटवल,फागुन ५ ।

    बुटवल उपमहानगरपालिका वार्ड नम्बर १५ सेमलारमाश्रीमद्भागवद् ज्ञान महायज्ञ शुरू भएको छ । भाटाप्रगति टोल चम्किपुरमा परोपकार कुञ्ज धाम निर्माणका लागि महायज्ञ शुरू गरिएको हो ।

    राष्ट्रिय परोपकार महासंघ रूपन्देहीको आयोजनामा शुरू भएको महायज्ञ उद्घाटनपुर्व भागवत भाष्कर पण्डित कमल नयन गौतमसहित सहभागि भइ बुटवल १५ मुक्तिधाम हरिहर मन्दिरदेखि कलश यात्रा भएको थियो भने हेलिकोप्टरबाट पुष्प बृष्टि गरिएको थियो ।IMG_1130.jpeg

    महायज्ञको उद्घाटन पर्यटन तथा संस्कृति मन्त्री बद्री पाण्डेले गर्नुभयो । सो अवसरमा बोल्दै उहाले सनातन धर्म संस्कृतिको जगर्ने मानव सभ्यतासंग जोडिएको बताउनुभयो ।

    मन्त्री पाण्डेले पूर्वीय दर्शनमा आधारित हाम्रो सभ्यता र संस्कृतिलाई पुनर्जागृत गर्नुपर्ने बेला आएको बताउनुभयो ।  मन्त्री पाण्डेले पूर्वीय दर्शनमा आधारित सभ्यता र संस्कारलाई छाडेर भौतिक विकासको पछि लाग्दा जलवायु परिवर्तनको असरले प्राकृतिक प्रकोप बढेको बताउँदै अब पुनः प्रकृतितर्फ फर्किनुपर्ने समयको माग रहेको उल्लेख गर्नुभयो । 

    महासंघका राष्ट्रिय अध्यक्ष भागवत भाष्कर कमलनयन गौतमले आफ्नो परिकल्पनालाइ सार्थक बनाउन जुट्नुभएका सबैलाइ आभार ब्यक्त गर्नुभयो ।IMG_1127.jpeg

    उद्घाटनका अवसरमा बुटवल उपमहागरपालिका प्रमुख खेलराज पाण्डेय,नगर प्रवक्ता तथा वडा न १५ का अध्यक्ष शिव राना,मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी,महायज्ञका अध्यक्ष हरिध्वज मल्ल,तुल्सीराम भण्डारी,धर्मराज शर्मा,मिना जिसी लगायतले बोल्नुभएको थियो ।IMG_1125.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology