Logo मंगलवार, श्रावण १२ गते २०८३
images

धार्मिक गुरु कमलनयन गौतमको संकल्प : बुटवलमा ‘परोपकार कुञ्ज धाम’ बन्ने

धार्मिक गुरु कमलनयन गौतमको संकल्प : बुटवलमा ‘परोपकार कुञ्ज धाम’ बन्ने

  • 4.4K
    SHARES

  • धार्मिक गुरु  कमलनयन गौतमको संकल्प : बुटवलमा ‘परोपकार कुञ्ज धाम’ बन्ने

    बुटवल,माघ १६ ।

    धार्मिक गुरु एवं अभियान्ता पण्डित कमलनयन गौतमले रुपन्देहीमा परोपकार कुञ्ज धाम निर्माणको आरम्भ गर्नुभएको छ । बुटवल १५ सेमलार भाटाप्रगती टोलमा परोपकार कुञ्ज धाम निर्माणका लागि उहाँले महायज्ञ संचालनको तयारी गर्नुभएको हो ।

    दानव नदीको तटमा पर्ने स्थानमा परोपकार कुञ्ज धाम निर्माणका स्थानीय र सरकारसंग लामोसमयको प्रयासपछि सहमति जुटेपछि अभियान शुरु गरिएको हो । देशभर विभिन्न अभियानहरू मार्फत परोपकारी कार्यहरू संचालन गरिरहेको राष्ट्रिय परोपकार महासंघ नेपालले फागुन ४ गते देखि ११ गते सम्म श्रीमद् भागवत् धनधान्यान्चल महायज्ञ संचालन गर्नका लागि तयारी तिब्र पारेको छ ।

    परोपकार कुञ्ज धामलाइ अध्ययनको केन्द्र समेत बनाउदै युवापुस्तालाइ धार्मिक जागरणमा जोडेर संस्कार प्रदान गरिने भागवत भाष्कर पण्डित कमलनयन गौतमले बताउनुभयो ।

    ‘हामी देशका नागरिकलाइ धार्मिक अभियानसंगै संस्कारी बनाउने गरि अभियानमा छाैँ,हामीलाइ हात र साथ दिनुहुने सबैलाइ यस अभियानलाइ सार्थक बनाउन आग्रह गर्दछु । ’ उहाँले नागरिक अनलाइनसंग भन्नुभयो ।

    उहाँले आवश्यकताका आधारमा गौशाला,मुठीदान,पर्यावरण संरक्षण,जेष्ठ नागरिक चौतारी अभियानहरु देशैभर संचालन गरिएको जानकारी दिनुभयो । फागुन ११ गतेसम्म चल्ने श्रीमद् भागवत् धनधान्यान्चल ज्ञान महायज्ञका लागि सचिवालय स्थापना,आवश्यक समिति गठन,महायज्ञ स्थलको सरसफाइ समेत गरिएको छ ।sarsafai.jpg

    आज भएको तयारी बैठक र सरसफाइमा उजेलापुर टोल विकास संस्था ,ज्ञानज्योति टोल विकास संस्था ,मैनापुर टोल विकास संस्थाले सक्रियतापूर्वक सहभागिता जनाएको महायज्ञ आयोजक मूल समितिका अध्यक्ष हरिध्वज मल्लले बताउनुभयो ।

    चर्चिक कथावाचक समेत रहनुभएका गौतमले १७ यसअघिदेखि रुपन्देहीमा बिभिन्न अभियानहरु संचालन गर्दै आउनुभएको छ । यसअघि बुटवल १२ मा रहेको मुक्तिनाथ धाममा स्वामि लोकानन्दसंगको सहकार्यमा धाम स्थापना गर्नुभएको थियो भने मानव सेवाआश्रमका सबै महायज्ञको कथावाचन तथा सडक मानव मुक्त बनाउने अभियानमा समेत सक्रियता जनाइरहनुभएको छ । 

    परोपकार कुञ्ज धाम निर्माणका लागि पालिका र वडाले अपनत्व नै ग्रहण गरेर काम गरिएको नगर प्रवक्ता तथा वडा न १५ का वडाध्यक्ष शिव रानाले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology