Logo मंगलवार, श्रावण १२ गते २०८३
images

धनगढीमा आजदेखि श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सुरु

धनगढीमा आजदेखि श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सुरु

  • 2.4K
    SHARES

  • धनगढीमा आजदेखि श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सुरु

    धनगढी, माघ २३ ।

    मानवसेवा आश्रम धनगढी शाखाको भवन निर्माणार्थ धनगढीमा आजदेखि श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सुरु भएको छ । महायज्ञको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उदघाटन गर्नुभयो ।

    त्यसक्रममा उहाँले सत्कर्ममा लागेका व्यक्ति, संस्थालाई प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । वृद्धवृद्धा र सहाराविहीनलाई सहारा दिनका लागि भवन निर्माणार्थ आयोजित महायज्ञको पूर्ण सफलताको कामना गर्दै उहाँले भन्नुभयो, “सबै काम सरकारले नगर्न सक्छ, गर्न नसकिएको काममा सत्कर्ममा लागेका तपाईंहरूजस्ता निःस्वार्थ भावना भएका सङ्घ संस्थाहरू जोडिनु पर्दछ भन्ने प्रदेश सरकारको मान्यता छ ।”

    उहाँले मानवसेवा आश्रमले नेपालमा पूर्वदेखि पश्चिमसम्म असहाय र वृद्धवृृद्धालाई गरिरहेको निःस्वार्थ सहयोग सराहनीय रहेको बताउनुभयो । हप्ता दिनसम्म आयोजना हुने श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले सङ्गीतमय श्रीमद् भागवत कथा वाचन गर्ने जनाइएको छ । 

    महायज्ञ उदघाटनसत्रमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, प्रदेशसभा सदस्य धर्मराज पाठक, धनगढी उपमहानगरपालिका उपप्रमुख कन्दकला रानाथारू लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

    मानवसेवा आश्रम धनगढी शाखा २०७५ मङ्सिर १ बाट सञ्चालनमा छ । आश्रमले हालसम्म ३८८ जना सहयोगापेक्षी सडक मानवहरूको उद्धार गरेर सहारा दिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, माघ २३ २०८१०४:१७:४३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology