बुटवल,पुस २३ ।
बुटवल उपमहानगरपालिका-११ मा नवजात शिशुको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुखडिएसपी विजयराज पण्डितका अनुसार मँगलबार विहान मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा फेला परेको हो ।
मृत अवस्थामा फेला परेकी नवजात शिशु महिना पुगेर नै जन्मिएको र जन्मिएपछि फालेको अवस्थामा भेटिएको प्रहरीप्रमुख पण्डितले बताए ।‘हेर्दा नवजात शिशु पुरा महिना पुगेर नै जन्मिएको जस्तो देखिन्छ ।
राम्रै अवस्थामा जन्मिएकीशिशुलाई ५/७ दिन अघि फोहोरमा फालेको हुन सक्ने प्रारम्भिक अनुमान छ,’–उनले भने । फोहोरको डम्पिङ्ग साइटमाशिशु जलेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृत शिशुलाई अहिले लुम्बिनी प्रादेशिकअस्पतालमा लगिएको र घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख पण्डितले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)