Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

०८२ पुसमा उद्योग व्यापार संघ बुटवलले पाँचौँ औद्योगिक प्रदर्शनी गर्ने

०८२ पुसमा उद्योग व्यापार संघ बुटवलले पाँचौँ औद्योगिक प्रदर्शनी गर्ने

  • 1.9K
    SHARES

  • ०८२ पुसमा उद्योग व्यापार संघ बुटवलले  पाँचौँ औद्योगिक प्रदर्शनी गर्ने

    बुटवल,पुस २२ ।

    उद्योग व्यापार संघ बुटवलले पाँचौँ औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एबं पर्यटन महोत्सव २०८२ गर्ने भएको छ ।मेला आगामीबर्षको पुस ५ देखि १८ गतेसम्म हुने भएको  छ ।

    बुटवलका उद्योगी व्यवसायीका मुख्य ४ संस्थाले  हरेक वर्ष आलो पालो मेला सञ्चालन गर्ने बुटवल उप महानगर सँगको सहमति अनुसार  २०८२ साल पुसमा मेला गर्न लागेको  संघले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।  

    बुटवल मण्डपमा यस अघिका भन्दा फरक र विशिष्ट तरिकाले  सम्पन्न   गर्ने उद्देश्यका साथ तयारीका काम शुरू भएको र २५० स्टल बुक भइसकेको उद्योग व्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेले बताए ।

    उनले मेला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकामा पुसमा मेला गत मंसिर  ७ गते  निवेदन दर्ता र  मेलाको मिति तय भईसकेपछि २०८२ साल  पुस ५ देखि १८ गते सम्म मेला सञ्चालन गर्ने जानकारी पत्र पनि उपमहानगरलाई गराइसकेको अध्यक्ष  विष्णुप्रसाद पाण्डेले बताए ।press meet.jpeg

    संघका निवर्तमान अध्यक्ष गोविन्द राज गैरेले  बुटवलका ४ वटा संस्थाले  आलोपालो मेला सञ्चालन गर्ने  नियम अनुसार २०७८  सालमा संघले  चौथो मेला सफलतापूर्वक सम्पन्न गरेको  र आगामी २०८२ मा पाचौ मेला  गर्न लागेको बताए ।

    संघका संस्थापक अध्यक्ष खिम नारायण  पराजुलीले २०८२को मेला यस अघिको भन्दा फरक र उत्कृष्ट बनाउन एक वर्ष अघि बाटै तयारी थालेको बताए ।

    स्वाधीन अर्थतन्त्र निर्माणका लागि औद्योगीकरण तथा व्यापार विविधीकरणको मूल नारा सहित संघले मेलामा  स्वदेशी उत्पादनलाई प्राथमिकता दिने पराजुलीले बताए ।

    संघका वरिष्ठ उपाध्यक्ष  लोकनाथ पन्थी,उद्योग उपाध्यक्ष पदम जिसी,महासचिव यमलाल मरासिनी लगायतले बुटवलमा मेला तथा प्रदर्शनी गर्दै आएका अन्य तीन   संस्था, सरोकारवाला सरकारी र गैर सरकारी निकायसँग सहकार्य गरेर मेलालाई हाल सम्मकै उत्कृष्ट बनाउने  गरी तयारी थालेको बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology