Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

अब कहिल्यै अँध्यारो हुनेछैन निसेलढोर !

अब कहिल्यै अँध्यारो हुनेछैन निसेलढोर !

  • 1.2K
    SHARES

  • अब कहिल्यै अँध्यारो हुनेछैन निसेलढोर !

    बागलुङ,पुस २० ।

    हालसम्म पनि विद्युतको पहुँच बाहिर रहेका बागलुङको निसीखोला गाउँपालिका स्थित वडा नं ५ स्थित निसेलढोरमा सोलार बत्ती जडान गरिएको छ । स्थानीय सरकार र विभिन्न दातृ निकायको पहलमा सोलार जडान भएपनि निसेलढोर अब उज्यालो हुने भएको छ ।

    युनिका फाउन्डेसन नेदरल्याड्स, निसीखोला गाँउपालिका र कर्मफ्लाइट्स फाउन्डेसन पोखराको कुल ११ लाख २८ हजार बराबरको लागतमा निसेलढोरमा रहेका ७० घरधुरीमा सोलार जडान गरिएको हो । त्यस्तै एक सामुदायिक स्वास्थ्य ईकाईमा पनि २० वाट क्षमताको सोलार प्यानल जडान गरिएको कर्मफ्लाइट्स फाउन्डेसनका कार्यक्रम व्यवस्थापक प्रेम कुँवरले जानकारी दिनुभयो ।

    जिन्दगीभर अँध्यारोमा बस्न बाध्य स्थानीयहरु सोलार जडानसंगै उज्यालोमा बस्न पाउने भएपछि खुसी भएका छन् । ‘जिन्दगीभर दियालो बालेर बसियो अब त उज्यालोमा बस्न पाइने भयौँ, केटाकेटीले पनि साँझ विहान पढन पाउने भए खुसि लाग्यो अब चाँडै सरकारले विजुली ल्याइदिए धन्य हुन्थ्यो ।’ स्थानीय नविना घर्ती मगरले भन्नुभयो ।

    कर्मफ्लाइट्स फाउण्डेशनको कार्वान्यवनमा युनिका फाउडेशन नेदरल्याण्ड्स र कर्मफ्लार्ईट्स फाउडेशनको ९ लाख ७८ हजार १ सय ८१ रुपैयाँ, तथा निसीखोला गाउँपालिकाको १ लाख ५० हजार लागत साझेदारीमा उक्त ‘निसेलढोर उज्यालो होम सोलार परियोजना’ हस्तान्तरण गरिएको हो ।IMG_6900.jpeg

    कार्यक्रममा निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर घर्ती मगरले अँध्यारोमा बस्न बाध्य हुँदै आएका नागरिकहरुलाई दातृ निकायको सहयोगले उज्यालो दिएकोमा धन्यवाद ज्ञापन गर्दै चाँडै केन्द्रिय विद्युत प्रसारण ल्याउने गरी पहल भइरहेको बताउनुभयो ।

    निसेलढोर विकासका हिसाबले पछि रहेको जनाउँदै गाँउपालिकाले क्षमताका आधारमा विकास गरिरहेको तर पालिका एक्लैले सबै कम गर्न नसक्ने भएकोले साझेदारी मार्फत बिकासमा हातेमालो गर्न चाहेको र निर्बाचन ताका आफुहरुले गरेका बाचाबाट कत्ति पनि पछि नहटेको बताउनुभयो । 

    कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष प्रेम बहादुर घर्ति मगरले कृषिमा अब्बल रहेको निसेलढोर हरेक बिकासबाट पछाडी रहँदै आएको अबस्थामा पछिल्लो समय टेलिफोनको टावर व्यवस्थापन, सामुदायिक स्वास्थ्य इकाई व्यवस्थापन, विद्यालय व्यवस्थापन लगायतका क्षेत्रमा काम भइरहेको जनाउँदै पर्यटन, कृषि खास गरि रैथाने आलुको बिउको पकेट क्षेत्रको रुपमा बिकास गर्ने लगायत अन्य विकासका कार्यक्रमलाई क्रमिक रुपमा अगाडी बढाइने बताउनुभयो । 

    युनिका फाउडेशन नेदरल्याण्ड्सका नेपाल प्रमुख बागमती प्रदेश सभाका (पूर्व) माननिय रमेश पौड्यालले प्रकृतिको बरदान प्राप्त सुन्दर निसेलढोर क्षेत्रको आफूहरुले गत वर्ष स्थलगत अध्ययन गरी तत्काल कार्यक्रम अगाडी बढाउने तयारी गरिएपनि गाउँपालिकाबाट समयमा स्थानिय सहभागिता स्वरुप बजेट सुनिश्चित गर्न ध्यान केन्द्रित नहुदा ढिलाई भएको जनाउँदै नेपालमा ९८ प्रतिशत बस्तिमा विद्युत पहुँच पुग्दै गर्दा निसेलढोर राज्यको पहुँचमा पुग्न नसकेकोमा चिन्ता व्यक्त गर्दै चाँडो राज्यको ध्यान जान जरुरी रहेको बताउनु भयो । 

    आपतकालीन मानबिय सहयोग स्वरुप यो सोलार परियोजना गरिएको र यसले अब उप्रान्त बालबालिकाहरुलाई उज्यालोमा गृहकार्य गर्न र थप पढ्न, आमा दीदी बहिनीहरुलाई उज्यालोमा खान पकाउन र बा दाइभाइहरुलाई रात्रिमा दाम्लो नाम्लो बाट्न, डोको बुन्न र मोबाइलको माध्यामबाट आपन्ताजनसंग सामिप्यता कायम गरि ज्ञानगुनका कुरा सिकेर गुणस्तरिय जिबन सुधार गर्न यसले सहयोग पुर्याउने बिश्वास राख्नुभयो । 

    वडा नम्बर २ का अध्यक्ष कुविर विश्वकर्माले निसीखोला गाउँपालिकाले जनताको समस्या र आवश्यकताको आधारमा सबै क्षेत्रमा समान विकास गर्दै आइरहेको जनाउँदै विकासबाट पछि रहेको यस क्षेत्रलाई थप विकासका कार्यक्रम अगाडि बढाउन आवश्यक रहेको बताउनु भयो ।

    कार्यक्रममा निसीखोला गाउँपालिका जनप्रतिनिधी, कर्मचारी, पूर्व जनप्रतिनिधि, स्थानीय बासिन्दा लगायतको आतिथ्यता एवम् उपस्थिति रहेको थियो । कर्मफ्लाइट्स फाउन्डेसनका कार्यक्रम निर्देशक प्रेम बहादुर कुवँरले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो ।

    सूर्योदय उर्जा प्राली काठमाडौँको प्राविधीक सहयोग, कर्मफ्लाइट्स फाउन्डेसन पोखराको कार्यान्यनमा सोलार जडान गरिएको हो । पर्यटकीय स्थलको रुपमा प्रशस्त सम्भावना बोकेको निसेलढोरमा रैथाने ७० घर र बर्षातको समयमा करिब ३ सय घरधुरी बस्दै आएका छन । गाउँपालिकाबाट सडक सन्जाल नजोडिएका कारण बुर्तिबाङ – ढोरपाटन हुँदै सडक सन्जाल मार्फत निसेल्ढोर पुग्न सकिन्छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, पौष २० २०८१०२:४४:५१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology