Logo बिहिवार, आश्विन १ गते २०८३
images

महिलालक्षित स्वास्थ्य शिबिरबाट ६ सय जनाले लिए सेवा

महिलालक्षित स्वास्थ्य शिबिरबाट ६ सय जनाले लिए सेवा

  • 1.5K
    SHARES

  • महिलालक्षित स्वास्थ्य शिबिरबाट ६ सय जनाले लिए  सेवा

    बुटवल,पुस १४ ।

    बुटवल उपमहानगरपालिकाले महिलालक्षित स्वास्थ्य शिबिरबाट ६ सय जनाले सेवा लिएका छन् । मंसिर २७ देखि शुरु भएको शिबिर बुटवलमा बिभिन्न वडाहरुमा जारी रहेको छ ।

    आइतबार बुटवल वडा न १७ र १८ वडाका स्थानीयका लागि मोतिपूर स्वास्थ्य केन्द्रमा शिबिर चलाइएको बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताउनुभयो ।  पाठेघरको मुखको क्यान्सरको स्कृनिङ, पाठेघर  खसेको तथा तल्लो पेटको समस्याको उपचार लगायतका बिबिध प्रजनन् सेवाहरु निशुल्कदिइएको उहाँको भनाइ छ ।

     शिबिरबाट हालसम्म ६०० सयजनाले सेवा लिदा,३५० तल्लो पटेको समस्या पहिचान गरि निशुल्क उपचार गरिएको र ५६ जनाको पाठेघर जटिल र संकास्पद अवस्थाको भेटिएकाले उहाँहरुलाइ थप उपचार र डाक्टरसंग परामर्शका लागि पठाइएको उहाँले जानकारी दिनुभयो ।

    उहाँहरुले तल्लो पेटको समस्या,पाठेघर खस्ने समस्या , क्यान्सर जाजका लागि भिआइए टेष्ट लगायतको सुविधा पाउनुभएको पाण्डेको भनाइ छ ।sibir moti.jpeg

    ३० बर्ष देखी ६० बर्ष सम्मका दिदिबहिनी तथा आमाहरुको स्वास्थ्यलाई मध्यनजर गरी उक्त शिविर सञ्चालनमा ल्याइएको शाखा प्रमुख पाण्डेले जानकारी दिनुभयो ।  बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले उहााहरुको थप परिक्षण र उपकरणको लागि बिभिन्न सेवा सहितका  अस्पतालसंग अधिकतम समन्वय गरी  सेवाग्राही आमादिदीहरुलाई  सहयोग र साथ दिने बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology