Logo बुधवार, श्रावण १३ गते २०८३
images

बुटवलको अक्सफोर्डमा ‘आईएसए’ परियोजना कार्यक्रम प्रदर्शन 

बुटवलको अक्सफोर्डमा ‘आईएसए’ परियोजना कार्यक्रम प्रदर्शन 

  • 3.9K
    SHARES

  • बुटवलको अक्सफोर्डमा ‘आईएसए’ परियोजना कार्यक्रम प्रदर्शन 

    बुटवल,माघ १ -

    बुटवलको अक्सफोर्ड माध्यमिक विद्यालयका विद्यार्थीहरुले ईन्टरनेशनल स्कुल अवार्ड [आईएसए] परियोजना कार्यक्रम प्रदर्शन गरेका छन् ।

    परियोजना प्रदर्शन कार्यक्रममा विद्यार्थीहरुले समाजिक तथा शैक्षिक गतिविधिबारे तयार पारेका सामाग्रीहरु विद्यालयमा प्रदर्शन गरेका थिए ।

    अक्सफोर्डले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विश्वको जुनसुकै कुनाका नागरिकसँग हेलमेल हुनेसक्ने वातावरण सृजना गर्न आईएसए प्रोजेक्ट लगायतका कार्यक्रमहरु संचालन गर्दै आएको विद्यालयका प्राचार्य दिनेश भुषालले जानकारी दिनुभयो ।

    आईएसए परियोजनाले विद्यार्थीलाई सामाजिक घुलनमिलनको सीप सिकाउनुका साथै विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोगि सावित हुने भुषालले बताउनुभयो ।  परियोजनाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख मित्रमणि खनालले विद्यार्थीहरुलाई दिगो विकास लक्ष्य हासिल गर्न विद्यालय स्तरमा सिकाई स्तरलाई बढाउनु पर्ने बताउनुभयो ।

    उहाँले स्थानीय पाठ्यक्रमलाई समेत जोडेर  विभिन्न परियोजनाहरू तयार पार्दै शिक्षण सिकाई क्रियाकलाप गर्दा दिगो सिकाइ हुने र विद्यार्थीहरूमा सिकाइप्रति रुचि बढ्ने विश्वास ब्यक्त गर्नुभयो ।OXFORD MAVI.jpg

    विद्यार्थीले प्रशर्दन गरेको आईएसए प्रोजेक्ट कार्यक्रमको अवलोकनपछि बुटवल उपमहानगरपालिकाका सामाजिक विकास शाखा प्रमुख रामप्रसाद अर्याल, त्रिभुवन विश्वविद्यालयका पूर्व सह–परीक्षा नियन्त्रक पशुपति अधिकारी, हिसान रूपन्देही अध्यक्ष कृष्णप्रसाद पौडेल, सिद्धेश्वरी लालकुमारी माविका प्राचार्य गोपीकृष्ण भण्डारी, अक्सफोर्ड टोल विकास संस्थाका अध्यक्ष विष्णुहरि पाण्ड, परियोजनाका संयोजक यशु भुसाल लगायतले आईएसए जस्ता सिर्जनशील गतिविधिका प्रदर्शन लगायतका कार्यक्रमले बालबालिकामा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन हुने तथा विद्यालयले पनि अन्तर्राष्ट्रिय मान्यता पाउने हुँदा यस्ता परियोजनाको उपादेयता विशिष्ट रहेको धारणा राख्नुभयो ।

    सोही अवसरमा विद्यालयले दोस्रो त्रैमासिक नतिजा समेत प्रकाशन गरेको छ । अनलाईन भर्चुअल तथा फिजिकल रुपमा कक्षा सँचालन गर्दै आएको आक्सफोर्डले हालै संचालन गरेको प्रावि, निमावि र माविको त्रैमासिक परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

    याे पनि :-

    अक्सफोर्डले बुकलेश कक्षा संचालन गर्ने

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology