Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

सुनवलमा माइक्रो बस र ट्रक जुधे,२२ जना घाइते ७ गम्भीर

सुनवलमा माइक्रो बस र ट्रक जुधे,२२ जना घाइते ७ गम्भीर

  • 1.1K
    SHARES

  • सुनवलमा माइक्रो बस र ट्रक जुधे,२२ जना घाइते ७ गम्भीर

    बुटवल, पुस ६ ।

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा माइक्रो बस र ट्रक एकआपसमा ठोकिँदा २२ जना घाइते भएका छन् भने ७ जना गम्भीर घाइते भएका छन् ।

    सुनवल नगरपालिका–७ स्थित अलकत्रे डाँडामा बर्दघाटबाट बुटवल जाँदै गरेको लु १ ख ९४६७ नम्बरको माइक्रो बस र सुदूरपश्चिम प्रदेश ०१–००१ ख २४४२ नम्बरको ट्रक एकआपसमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    साइकल यात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको माइक्रो बस ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    घाइतेमध्ये ७ जना गम्भीर रहेको र उपचारको लागि रुपन्देहीको भलुही मेडिकल कलेज लगिएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, पौष ६ २०८१०८:४१:५८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology