Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

चितवनको भरतपुर २९ सत्रकिलोमा सवारी दुर्घटना,चार जनाको मृत्यु

चितवनको भरतपुर २९ सत्रकिलोमा सवारी दुर्घटना,चार जनाको मृत्यु

  • 1.5K
    SHARES

  • चितवनको भरतपुर २९ सत्रकिलोमा सवारी  दुर्घटना,चार जनाको मृत्यु

    नारायणगढ, कात्तिक २३ ।

    चितवनको भरतपुर २९ सत्रकिलोमा शुक्रबार बिहान भएको  सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

    सत्रकिलो स्थित नारायणगढ मुग्लिन सडकमा करिब बिहान ३ बजे  मुग्लिङबाट  नारायणगढतर्फ आउदै गरेको बा.प्र. ०६–००१ज ०२९८ नं.को  ईभि हाइस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नं. को बस एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिमालका अनुसार सो दुर्घटनामा परी मृत्यु हुनेमा हायसमा सवार यात्रुहरु रहेका छन् ।

    हायसमा सवार  गोर्खा आरुघाट गाँउपालिका  वडा नम्बर १ मान्बु का  ४० वर्षीय राजबहादुर  गुरुङ, हाईसमा सवार नामथर वतन नखुलेकी करिब ४० बर्षकी महिला, हाईसमा सवार नामथर वतन नखुलेको करिब ३२ वर्षको पुरुष र हाईसमा सवार नामथर वतन नखुलेको करिव  ३५ वर्षको पुरुषको मृत्यु भएको प्रनाउ रिमालले बताउनुभयो । मृतक चारै जनाको टाउकोमा गम्भीर चोट लागेको छ ।  उनीहरुलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइए पनि चिकित्सकहरुले मृत घोषणा गरेका हुन् । 

    यस्तै उक्त दुर्घटनामा परी घाइते भएका बसको सह चालक काठमाडौ  महानगरपालिका वडा नम्बर  ३२ का  ३० वर्षीय भोज विक्रम शाहको भरतपुर अस्पतालमा उपचार भई रहेको छ । यस्तै नाम थर नखुलेका एक पुरुषको गम्भीर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने यस्तै नाम थर नखुलेका  ३८ वर्षीय पुरुष घाइतेको टाउकोमा  गम्भीर चोट लागेको छ ।  बसमा सवार उदयपुर कटारी नगरपालिका वडा नम्बर ९ निमपाटा बस्ने वर्ष २४ का श्याम कुमार कार्कीको  निधारमा चोट छ ।  बसमा सवार चितवन रत्ननगर नगरपालिका वडा नम्वर  १३ प्रगती टोल बस्ने वर्ष १९ को मो.साकिर मिँयाको दाँया कानमा भित्री चोट छ । रत्ननगरकै वर्ष ३२ का साहेब मिँयाको  दुबै खुट्टामा चोट छ ।  

    दुर्घटनाग्रस्त बस र हायस अहिले दुर्घटना स्थलमै छन् भने बसका चालक मकवानपुर हेटौडा उपमहानगर पालिका वडा नम्बर  ९ बस्ने वर्ष ४४ का सुर्य विक्रम  बिष्टलाई प्रहरीले  नियन्त्रणमा  लिएको छ । 

    पछिल्लो समय चितवनमा हरेक दिन जसो दुर्घटना भइ रहेको छ । यो पछिल्लो दुर्घटना के कारणले भयो भन्ने बारेमा अध्ययन भइरहेको प्रहरीले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, कार्तिक २३ २०८१०७:१२:१५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology