Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

थाई एसियाको भैरहवा–बैंकक उडान सुरु

थाई एसियाको भैरहवा–बैंकक उडान सुरु

  • 1.8K
    SHARES

  • थाई एसियाको भैरहवा–बैंकक उडान सुरु

    बुटवल,कार्तिक १८ ।

    थाई एसिया एयरलाईन्स बैंकक–भैरहवा–बैंकक उडान आईतबारबाट सुरु गरेको छ । विहान ६ः५५ बजे थाई एसियाको विमान चालक दलका ७ सदस्य सहित गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । 
    “सुरुमा परिक्षण उडानको रुपमा चालक दलका सदस्य सहित थाई एसियाको एयर बस ए ३२० गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थमा अवतरण गरेको हो ।” विमानस्थलका सूचना अधिकारी बिनोद सिंह राउतले भने “यस पछि २३ कार्तिक देखि सातामा यसको २ पटक नियमित उडानको तालिका रहेको छ ।”

    थाई एसियाको विमानको भैरहवामा बिमानस्थलका कर्मचारी सहित सुरक्षाकर्मि, अध्यागमनका कर्मचारी र यहाँका पर्यटन व्यवसायीहरुले स्वागत गरेका थिए । 

    थाइ एअर एसियाको केही दिन अघि मात्रै भैरहवा र पुन उडान काठमाण्डौमा सुरु गर्न अनुमति पाए लगत्तै उडान सुरुभएकोले टिकट बिक्री लगायत बजार प्रबद्र्धनको काम भएको थिएन् ।

    भैरहवाबाट बैंकक तर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ रहेको जनाईएको छ । एअर एसियाको यो बिमानबिहान ७ः४० बजे बैंकक प्रस्थान गरी सकेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, कार्तिक १८ २०८११०:५१:१७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology