Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु

बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु

  • 1.3K
    SHARES

  • बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु

    काठमाडौँ,असाेज १४ ।

    अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु भएको छभने ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपद्‍मा परी  १९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । 

    बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको प्रवक्ता तिवारीले बताए ।

    बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

    सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए ।

    रासस

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology