बुटवल,असोज १२।
सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझ हुने भएको छ। असोज १४ गते (सोमबार) उनको एकल सांगीतिक साँझ हुन लागेको हो। पहिलो पटक एकल साँझमा प्रस्तुत हुन लागेका चन्दले त्यहाँ आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछन्।
'रामचन्द्र चन्द विशेष सांगीतिक तथा विजया दशमी शुभकामना साँझ–२०८१' कार्यक्रमको आयोजकमा गुल्मी कलाकार समाज छ। उनले गीतमा सहकार्य गरेका गायिकाहरू शर्मीला गुरूङ, लक्ष्मी न्यौपाने, टिका पुन, देवी घर्ती, शान्तिश्री परियार,पुर्णकला बिसी,कमला पोख्रेल,टिका प्रसाइ लगायतले सांगीतिक साँझमा चन्दलाई साथ दिनेछन्।
गुल्मीमा जन्मेका गायक चन्द लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय छन्। 'रामचन्द्र चन्द विशेष सांगीतिक तथा विजया दशमी शुभकामना साँझ–२०८१' कार्यक्रमको संयोजकका रूपमा लोक गायिका मञ्जु पौडेल छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)