बुटवल,चैत्र १० ।
चर्चित गायक रामचन्द्र चन्द बिन्दवासिनी म्युजिक अवार्डको १४ औं संस्करणमा बर्षको सर्वोत्कृष्ट लोक दोहोरी गायकबाट सम्मानित भएका छन । मुक्तिनाथ विकास बैंक र रमपम तयारी चाउचाउको प्रस्तुतिमा काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न विन्ध्यवासिनी म्युजिक अवार्ड बाट घाटि रेट्नलाइ गीत बाट चन्द सम्मानित भएका हुन।
चन्दसँगै अन्य ३१ विधाका सर्वोत्कृट हुने व्यक्तिहरुलाई पनि सम्मान गरिएको छ । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङ घर भएका चन्दलाई ‘घाँटी रेट न’ बोलको गीतलाई आधार मान्दै सम्मान गरिएको हो ।
गुल्मीको अग्लुङमा जन्मिएका गायक चन्द लोकदोहोरी क्षेत्रमा चिन्ने गर्दछन् ।लामो समय लोक संगीतको क्षेत्रमा आफुलाई समर्पित गरेका उनले नेपाली लोक संस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
स्कूल पढ्दादेखि नै गीत गाउन रुची राख्ने चन्द पछिल्लो समय राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमै ख्याती कमाउन सफल भएका हुुन् । २०६३ सालदेखि लोक संगितको क्षेत्रमा प्रवेश गरेका उनी दर्जनौ गीत निकाले दर्शकको मन जित्न सफल भएका छन् ।
चन्दले पहिलो पटक ‘माया साह्रै छ’ बोलको गीत बजारमा ल्याएका थिए । यस गीतको सफलतापछि उनले ‘चरी रुखमा, भीरमा रुदैँ छ’, ‘अबदेखी म एक्लै हुम्ला’, ‘गुल्मीको शान’, ‘भुल्दै भुल्दै जानु’ ‘तीन फुर्के डोरी’ लगायतका दर्जनौ गीतमा स्वर दिएका छन् ।
उनले कतार, युएई, दुवई, ओमन, बहराइन, कोरिया जस्ता देशको सांगितिक भ्रमण समेत गरेका छन् ।
लोक गायन पुरस्कार–२०७६, हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७८, दोस्रो विशाल लुम्बिनी लोकदोहोरी अवार्ड २०७९,नुर गंगा प्रतिभा पुरस्कार २०७६, पहिलो दशैं तिहार फेस्टिभल म्यूजिक अवार्ड २०८० जस्ता अवार्डबाट उनी सम्मानित भएको पाइन्छ ।
अहिले पाएको विन्दवासिनी म्युजिक अवार्डले आफ्नो कलाकारिताको क्षेत्रमा थप हौसला थपेको चन्दले नागरिक अनलाइनलाइ प्रतिक्रिया दिए । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका चन्द बौद्धिक कलाकारको रुपमा चिनिन्छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)