Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

पहिरोले विभिन्न स्थानमा ४ जनाको मृत्यु, ७ जना बेपत्ता

पहिरोले विभिन्न स्थानमा ४ जनाको मृत्यु, ७ जना बेपत्ता

  • 1.0K
    SHARES

  • पहिरोले विभिन्न स्थानमा ४ जनाको मृत्यु, ७ जना बेपत्ता

    काठमाडौँ,असोज १२।

    अविरल वर्षासँगै पहिरो जाँदा देशका विभिन्न स्थानमा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ७ जना बेपत्ता भएका छन् ।

    काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-७ मा भीम बहादुर तामाङको १ तल्ले घर पहिरोले पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको हो।

    उता पाँचथरको फिदिम नगरपालिका-४ स्थित भदौरेमा पहिरोले घर पुरिँदा २ जना मृत्यु भएको छ । उनीहरूको पहिचान खुल्न सकेको छ छैन । उक्त स्थानमा नं. २ गुल्म पाँचथरबाट १० जनाको टोली खटिएको छ।

    यसैगरी काभ्रेको पनौती नगरपालिका-११ थुम्की भन्ने स्थानमा पहिरोले ५/६ वटा घर पुरिँदा ४/५ जना बेपत्ता भएको भन्ने खबर प्राप्त भएको छ । विपद् उद्धार बेस पनौतीबाट १५ जनाको टोली उद्धारका लागि खटिएको छ।

    यस्तै धनकुटाको पख्रिबास नगरपालिका-५ स्थित गुराँसे बस्ने सन्तोष तामाङको कच्ची घर पहिरोले पुरिँदा उनीको श्रीमती ३२ वर्षीया आशा तामाङ र आमा ५० वर्षीया राम कुमारी तामाङ बेपत्ता भएका छन् । नम्बर ६ गुल्म धनकुटाबाट खाटिएका १३ जना तथा नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीद्वारा उद्धार कार्य भइरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology