Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रधानमन्त्री र राष्ट्रपति मिलेर जनताको संवैधानिक र मौलिक अधिकार खोसे : बालकृष्ण खाँण

प्रधानमन्त्री र राष्ट्रपति मिलेर जनताको संवैधानिक र मौलिक अधिकार खोसे : बालकृष्ण खाँण

  • 2.8K
    SHARES

  • प्रधानमन्त्री र राष्ट्रपति मिलेर जनताको संवैधानिक र मौलिक अधिकार खोसे : बालकृष्ण खाँण

    बुटवल, पुस २५-

    नेपाली काँग्रेसले रुपन्देहीका १० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा आज बिरोध सभा तथा प्रदर्शन गरयो । जिल्लामा ५ वटा निर्वाचन क्षेत्र अन्तर्गतका १० प्रदेश सभा निर्वाचन क्षेत्रमा बिरोध सभाहरु सम्पन्न भएको हो  ।

    ति बिरोध सभामा बोल्ने काँग्रेसका नेताहरुले  कम्युनिष्टहरु प्रजातान्त्र  र लोकतन्त्रबादी हुनै नसक्ने कुराको पुष्टि भएको बताए । दुइ तिहाइको सरकार प्रमुखले पार्टीको अन्तरिक कलह मिलाउन नसकेर संविधान च्यात्ने काम गरेको भन्दै काँग्रेस नेताहरुले लोकतन्त्र  र जनाधिकार रक्षाकालागि काँग्रेसको बिकल्प नभएको बताए । 

    रुपन्देही क्षेत्र नं. ३ क को भैरहवामा भएको कार्यक्रमलाइ सम्बोधन गर्दै काँग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाँणले प्रधानमन्त्री र राष्ट्रपति मिलेर जनताको संवैधानिक र मौलीक अधिकार खोसेको बताए।

    प्रतिनिधि सभा बिघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै उनले प्रधानमन्त्री केपि शर्मा ओली नसच्चीए सरकार मात्रै नभइ कम्युनिष्टहरु नै समाप्त भएर जाने बताए ।

    पुर्व रक्षामन्त्री समेत रहेका नेता खाँणले प्रम ओलीको असंवैधानिक कदमलाइ साथ दिएर राष्ट्रपतिले आफुलाइ नेपाली जनताको नभइ ओलीको राष्ट्रपतिको रुपमा उभ्याएको अरोप पनि लगाए । नेपाली काँग्रेसले जनताकै साथमा रहेर संविधान र लोकतन्त्रको रक्षाकालागि  महत्वर्पूण कदम चाल्ने उनले बताए ।

    क्षेत्र नं. २ क का सभापती पुरन प्रसाद श्रेष्ठ,प्रदेश सांसद रमा अर्याल,नगरसभापती दिलीप धिताल, प्राध्यापक संघका शंकर पन्थी लगायतले बोल्दै संविधान र जनाधिकार रक्षाकालागि काँग्रेसले चाल्ने  हरेक कदमलाइ नेपाली जनताले साथ दिने बताए । नेता खाँणले क्षेत्र नं. ३ खको अमुवामा भएको भेलालाइ पनि सम्बोधन गरेका थिए  । 

    यता रुपन्देही क्षेत्र नं. २ ख को ड्राइभरटोलमा भएको बिरोध सभालाइ काँग्रेस नेताहरु महासमिति सदस्य काजिमान श्रेष्ठ,क्षेत्रीय सभापती हरी लम्साल,२ ख का सभापती माधवलाल देवकोटा,महाधिवेशन प्रतिनिधि मनोरमा शेरचन,जिल्ला सदस्य जितबहादुर मल्ल, तरुणदलका सचिव रमेश शाही,नेविसंघका केन्द्रिय उपाध्यक्ष मुक्ति पौडेल,भुपु सैनीकका लालबहादुर भण्डारी, १ का वडा सभापती  जोवन सिंह ठकुरी,उपसभापती मुक्ती अधिकारी,सचिव राममाया पौडेल लगायतले बोल्दै तीन बर्षमा जनहितका एउटा पनि काम गर्न नसकेको कम्युनिष्ट सरकारले संसद नै भंग गरेर संविधान माथिकु गरेको बताए ।

    वत्ताहरुले कम्युनिष्ट सरकार दुर्भाग्यपूर्ण रहेछ भन्ने कुराको पुष्टि भइसकेकाले अव नेपाली काँग्रेसको झण्डा मुनी गोलबद्ध हुन सबैलाइ आग्रह समेत गरे । 

    क्षेत्र नं. २ ख को नयाँगाँउमा भएको बिरोध सभालाइ सम्बोधन गर्दै प्रमुख अतिथि महासमिति सदस्य युवराज गिरी,बुटवल नगरसभापती खेलराज पाण्डे,सैनामैना सभापती रामप्रसाद अधिकारी, महासमिति सदस्य रामबहादुर कार्की,जिल्ला सदस्य गोबिन्द लम्साल,माया गौतम,२ ख का सभापती पर्शुराम ढकाल,डिल्ली शर्मा आचार्य लगायतले बोल्दै कम्युनिष्ट सरकारले मुलुकको लोकतान्त्रिक संबिधान च्यातेर देशलाइ अधिनायकबाद र अस्थिरता तर्फ धकेलेको बताए ।

    congress a.jpg

    सचिव रबिन्द्रमान श्रेष्ठको संचालन र जमुना ढकालको स्वागतमा भएको  बिरोध सभामा शान्ती समाजका केन्द्रिय उपाध्यक्ष गोबिन्द खनाल,डिएलएका प्रदेश अध्यक्ष गोकर्ण सिंह थापा,उदयराज काफले,डिल्लीशर्मा आर्चाय,पुरुषोत्तम बस्याल लगायतले बोल्दै लोकतन्त्र र संविधान रक्षाकालागि काँग्रेस शसक्त रुपमा अगाडी बढ्नु पर्नेमा जोड दिए । 

    बुटवलमा कांग्रेस नेताहरुले भने-‘कम्युनिष्ट सरकारले कानुनी राज्यको खिल्ली उडायाे’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology