Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा कांग्रेस नेताहरुले भने-‘कम्युनिष्ट सरकारले कानुनी राज्यको खिल्ली उडायाे’

बुटवलमा कांग्रेस नेताहरुले भने-‘कम्युनिष्ट सरकारले कानुनी राज्यको खिल्ली उडायाे’

  • 3.0K
    SHARES

  • बुटवलमा कांग्रेस नेताहरुले भने-‘कम्युनिष्ट सरकारले कानुनी राज्यको खिल्ली उडायाे’

    बुटवल,पुस २५-

    संसद बिघटनको बिरोधमा नेपाली कांग्रेस रुपन्देही प्रदेशसभा २ ख ले बुटवलको १२ नयाँगाँउमा  बिरोधसभा गरेको छ ।सो अवसरमा बोल्ने बक्ताहरुले प्रधानमन्त्री केपि ओलीले गरेको गैरकानुनी कदमको बिरोध जनाए ।

    उनीहरुले कम्युनिष्ट सरकारले कानुनी राज्यको खिल्ली उडाउदै तानाशाही शैलीमा अघि बढेको बताए । बिरोधसभालाइ सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता युवराज गिरिले सरकारले गरेको असंबैधानिक कदम बिरुद्ध आन्दोलनमा होमिन आग्रह गरे । 

    उनले सम्पूर्ण लोकतन्त्रबादी शान्तिपुर्ण आन्दोलनमा उत्रिन आव्हान समेत गरे । नगर सभापति खेलराज पाण्डेयले संविधानको रक्षाको लागि आफुहरु सडकमा आएको बताए । nccc.jpg

    मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोबिन्द खनालले संबिधानको रक्षाको लागि २०६२(०६३ का जनआन्दोलनका पक्षधरहरु एक ठाउँमा उभिनुपर्ने बताए ।

    कार्यक्रममा कांग्रेस नेताहरु बालकुमारी भण्डारी,रामप्रसाद अधिकारी, पर्शुराम ढकाल, रामबहादुर कार्की,हरिबहादुर आचार्य,डिल्ली शर्मा आचार्य,बरिष्ठ अधिबक्ता गोकर्णसिंह थापा,सचिब रबिन्द्रमान श्रेष्ठ,लगायतले बोल्दै असंवैधानिक रुपमा गरिएको संसद बिघटन अदालतले पुनस्थापित गर्नुपर्नेमा जोड दिएका थिए ।

    congress sava.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology