Logo बिहिवार, आश्विन १ गते २०८३
images

जि ट्वान्टी फाइभ क्लव देवीनगरद्वारा खुल्ला तीज गीत (लाइभ भिडियो र फोटोफिचरसहित)

जि ट्वान्टी फाइभ क्लव देवीनगरद्वारा खुल्ला तीज गीत (लाइभ भिडियो र फोटोफिचरसहित)

  • 2.3K
    SHARES

  • जि ट्वान्टी फाइभ क्लव देवीनगरद्वारा खुल्ला तीज गीत (लाइभ भिडियो र फोटोफिचरसहित)

    बुटवल,भदौ २१ ।

    सामाजिक कार्यमा अग्रणी संस्था जि ट्वान्टी फाइभ क्लवले बुटवल देवीनगरले खुल्ला तीज गीत कार्यक्रम–२०८१ सम्पन्न गरेको छ । क्लवले हरितालिका तीज पर्वमा  हरेक बर्ष यहाँ तीज मेला गर्दै आएको छ ।

    तीजपर्व मनाउन आउनेहरु दिदिबहिनीहरुका लागि ब्यवस्थित तरिकाले टेन्ट, खानेपानी ,सुरक्षा ब्यबस्था ,बाद्यबादन लगायतको प्रबन्ध समेत गरिएको थियो ।

    चौपारीक्षेत्रको सडकमा गरिएको तीज गीत कार्यक्रमको लुम्बिनी प्रदेशसभा सदस्य जमुना ढकालले उद्घाटन गर्नुभयो । सो अबसरमा बोल्दै ढकालले तीजको मौलिकता र संस्कृति जोगाउन महिलाहरुको उल्लेखनीय योगदान रहेको बताउनुभयो ।

    उहाँले तीजका अवसरमा दिदिबहिनीले होटलहरुमा गरेको नाचगान र रमाइलोलाइ बिकृती भनेर ब्याख्या नगर्न आग्रह समेत गर्नुभयो ।उद्घाटन समारोहमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल वडा न ११ को समग्र बिकासका लागि करिब २४ करोड बजेट  बिनीयोजन गरिएको बताउनुभयो ।teej devi.jpg

    उहाँले भन्दै यसपटकबाट सडकमा हाइमास्ट लाइटका कारण रातमा पनि नाचगानका लागि सहज हुने बताउनुभयो ।वडा न ११ का सदस्य नहकुल शाहीले बुटवलमा तीजको महत्व दिनप्रतिदिन बढ्दै गएका कारण तीजका कार्यक्रमहरू भब्य बन्र थालेको बताउनुभयो ।

    जि ट्वान्टी फाइभ क्लबका अध्यक्ष जगदिश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको संयोजक हुमराज बस्याल रहनुभएको थियो । क्लवका महासचिव किशोर पंगेनीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा दिनभर सयौँकोे संख्यामा उपस्थित दिदिबहिनी तथा दाजुभाइले निकै रमाइलो गरेर नाँचगान गरेका थिए ।khel;.jpg

    नाचगान बेलुका ७ बजेसम्म भएको थियो । दिदिबहिनीले हिजो दर खाएपछि आज तीजको व्रत बस्ने गर्दछन् ।  भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ ।

    हिजो दर खाएपछि औपचारिक रुपमा शुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ ।

    g25.jpgsibir.jpg

    teej parwa.jpg

    जि ट्वान्टी फाइभ क्लबद्वारा देविनगर चौपारीमा डोनेसन बाकस स्थापना

    देवीनगरमा जी ट्वान्टीफाइब क्लवको रक्तदान,७६ युनिट संकलन

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology