Logo बिहिवार, आश्विन १ गते २०८३
images

हिंसालाई बढावा दिने आशंकालाई मध्यनजर गर्दै ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द !

हिंसालाई बढावा दिने आशंकालाई मध्यनजर गर्दै ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द !

  • 2.4K
    SHARES

  • हिंसालाई बढावा दिने आशंकालाई मध्यनजर गर्दै ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द !

    बुटवल,पुस २५-

    ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द गरिदिएको छ । हिंसालाई बढावा दिने आशंकालाई मध्यनजर गर्दै उनको अकाउन्ट बन्द गरिएको ट्वीटरले जनाएको छ ।

    ट्वीटरले आफ्नो बयानमा भनेको छ, ‘राष्ट्रपति ट्रम्पका हालैका ट्वीटहरुलाई गहनपूर्वक समीक्षा गरियो र @realDonaldTrump  अकाउन्ट सधैंका लागि बन्द गर्ने निर्णय लिइयो ।’

    यसअघि ट्रम्पका समर्थकहरुले संसद भवनमा प्रवेश गरी आक्रमण गरेपछि ट्वीटरले ट्रम्पको अकाउन्टलाई १२ घण्टासम्मका लागि निलम्बन गरेको थियो । त्यतिबेलै ट्वीटरले यदि यस प्लाटफर्मको नियमलाई तोडेमा सधैंका लागि बन्देज लगाइने चेतावनी दिएको थियो ।

    ट्रम्पले हिंसात्मक गतिविधि गर्ने आफ्ना समर्थकहरुलाई ‘देशभक्त’ भनेका थिए ।

    ट्रम्पको ट्वीटर अकाउन्ट १२ घण्टाका लागि लक,सम्बोधन गरेको भिडियो युट्युब,ट्वीटर र फेसबुकले हटाइदिए !

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology