Logo बिहिवार, आश्विन १ गते २०८३
images

ट्रम्पको ट्वीटर अकाउन्ट १२ घण्टाका लागि लक,सम्बोधन गरेको भिडियो युट्युब,ट्वीटर र फेसबुकले हटाइदिए !

ट्रम्पको ट्वीटर अकाउन्ट १२ घण्टाका लागि लक,सम्बोधन गरेको भिडियो युट्युब,ट्वीटर र फेसबुकले हटाइदिए !

  • 2.5K
    SHARES

  • ट्रम्पको ट्वीटर अकाउन्ट १२ घण्टाका लागि लक,सम्बोधन गरेको भिडियो युट्युब,ट्वीटर र फेसबुकले हटाइदिए !

    बुटवल, पुस २३ । 

    सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट १२ घण्टाका लागि लक गरिदिएको छ। ट्वीटरले यो कारबाही उनको चुनावसम्बन्धी ट्वीटमाथि गरेको हो।

    ट्वीटरले वाशिङटन डिसीमा भएको हिंसात्मक स्थितिलाई मध्यनजर गर्दै आफ्ना तीन ट्वीट हटाउन पनि ट्रम्पलाई भनेको छ।यी ट्वीटले सिविक इन्टिग्रिटी पोलिसी उल्लंघन गर्ने ट्वीटरले उल्लेख गरेको छ।

    यदि उनले ती ट्वीट नहटाएमा उनको अकाउन्ट लक हुनेछ र दोस्रोपटक पनि पोलिसी उल्लंघन गरेमा सधैंका लागि लक हुने ट्वीटरले जनाएको छ। डोनाल्ड ट्रपले ट्वीटरमार्फत् दिएको सन्देशले हिंसा भड्किएको अनुमान गरिएको छ। 

    समर्थकलाई सम्बोधन गरेको डोनाल्ड ट्रम्पको भिडियो ट्वीटर र फेसबुक दुबैले हटाइदिएका छन्। ट्रम्पले बुधबार आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै घर फर्किन आव्हानका साथ भिडियो पोष्ट गरेका थिए।

    उक्त भिडियोमा उनले आफूले प्रदर्शनकारीहरुलाई एकदमै माया गर्ने तर अब घर फर्किने बेला भएको बताएका थिए। युट्युबले पनि ट्रम्पको भिडियो हटाइसकेको छ।tweet lock trump.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology