Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बुद्ध सामुदायिक टेलिभिजनको रक्तदानमा २६ युनिट संकलन

बुद्ध सामुदायिक टेलिभिजनको रक्तदानमा २६ युनिट संकलन

  • 1.1K
    SHARES

  • बुद्ध सामुदायिक टेलिभिजनको रक्तदानमा २६ युनिट संकलन

    बुटवल,भदौ १४ ।

    शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १६ आँै वार्षिकोत्सवको सप्ताहब्यापी कार्यक्रम अन्तर्गत शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 
    रक्तसञ्चार केन्द्र बुटवलमा आयोजना गरिएको रक्तदानमा २६ युनिट रगत संकलन भएको छ । 
    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेलले बुद्ध सामुदायीक टेलिभिजनले सामाजिक उत्तरदायीत्वका कार्यहरु गर्दै आएकोमा आफुलाई खुसी लागेको बताउनु भएको छ । उहाँले रगतको अभावमा कसैको ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले संस्थागत रुपमा रक्तदान गर्दा बुटवल क्षेत्रमा रगत अभाव नभएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पौडेलले समाज रुपान्तरणको लागि बुद्ध सामुदायीक टेलिभिजनको भुमिका महत्त्वपूर्ण रहेको बताउँदै बिगतमा पनि समाज परिबर्तन गर्न बुद्धले विभिन्न कार्यक्रम गरेको स्मरण गर्नुभयो । 
    कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले रक्तदान जीवनदान रहेको बताउनुहुँदै धेरै रगत दान गरेर ब्यक्तिलाई सहयोग र योगदान गर्न सकिने भएकोले नियमित रक्तदान गर्न सुझाब दिनुभयो । 
    नेपाल नियमित रक्तदाता समाजका केन्द्रीय बरिष्ठ उपाध्यक्ष एवं होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले जिवनदान जस्तो कार्यमा मिडियाको क्षेत्रबाट बुद्ध टेलीभिजन सधै अगाडी रहेकोमा खुसी ब्यक्त गर्नुभयो ।उहाँले टेलिभिजनको वार्षिकोत्सवको अवसरमा शुभकामना ब्यक्त गनुभयो । IMG_5397.jpeg
     टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले स्थापना पछि बिभिन्न आरोह अवरोह पार गर्दै टेलिभिजन १७ आँै वर्षमा प्रवेश गरेको बताउनुहुँदै स्थापना देखी यहाँसम्म ल्याईपुर्‍याउनुहुने सम्पूणर्लाई धन्यबाद ब्यक्त गर्नुभयो । यसअघि भदौ १० गते बार्षिकोत्सव उद्घाटन समारोह गरिएको उपाध्यक्ष गोपाल ज्ञवालीले बताउनुभयो ।
    कार्यक्रममा टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत (सिइयो) कपिल ज्ञवालीले समाज रुपान्तरणको लागि बुद्ध सामुदायिक टेलिभिजनको भुमिका महत्त्वपूर्ण रहेको बताउँदै हरेक क्षेत्रलाई झकझकाउँदै समाजलाई विकासको गतिमा अगाडी बढाउन पहल गर्दै आएको बताउनुभयो ।IMG_5415.jpeg

    टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीको अध्यक्षतामा कार्यक्रमको सञ्चालन टेलिभिजनका कार्यक्रम प्रमुख खेमराज रेग्मीले गर्नुभएको थियो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, भाद्र १४ २०८११०:२५:१५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology