Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

प्राकृतिक विपत्तिबाट एक महिनामा ८८ जनाको मृत्यु

प्राकृतिक विपत्तिबाट एक महिनामा ८८ जनाको मृत्यु

  • 1.4K
    SHARES

  • प्राकृतिक विपत्तिबाट एक महिनामा ८८ जनाको मृत्यु

    काठमाडौं,असार २७ ।

    नेपालमा मनसुन भित्रिएको दिन, २८ जेठदेखि आज (२७ असार) सम्म प्राकृतिक विपद्‌बाट ८८ जनाको मृत्यु भएको छ ।

    देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‌मा परेर १०६ जना घाइते भएको गृह मन्त्रालयले जनाएको हो ।आज, बिहीबार दिउँसोसम्म विपद्‌मा परी कोशी प्रदेशमा १९ जना, मधेशमा ४, बागमतीमा ६, गण्डकीमा २५, लुम्बिनीमा २३, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ७ गरी ८८ जनाको मृत्यु भएको छ ।

    बाढी, पहिरोमा परी ६ जना बेपत्ता भएका छन् ।प्राकृतिक विपद्‌मा परेका ५३ जनाको उद्दार गरिएको मन्त्रालयले जनाएको छ ।बाढीका कारण १७६ घर डुबानमा परेका छन् ।

    १६१ वटा घर, ६८ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुइटा सरकारी कार्यालयमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।विपद्का घटनाबाट ३ हजार ४६२ घरपरिवार विस्थापित भएका छन् । यो अवधिमा ४७९ पशु चौपायाको मृत्यु भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology