Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक : निलम्बित मुख्यसचिव अर्याल राष्ट्रिय योजना आयोगमा सरुवा

मन्त्रिपरिषद् बैठक : निलम्बित मुख्यसचिव अर्याल राष्ट्रिय योजना आयोगमा सरुवा

  • 1.5K
    SHARES

  • मन्त्रिपरिषद् बैठक : निलम्बित मुख्यसचिव अर्याल राष्ट्रिय योजना आयोगमा सरुवा

    काठमाडौँ, असार १० ।

    सरकारले निलम्बित मुख्यसचिव डा.वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले निलम्बित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी सरुवा गरेको हो ।

    मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउनुहँदै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले भन्नुभयो, ‘‘नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानुन बमोजिम निज स्वतः निलम्बन हुनुभएको छ । हाललाई राष्ट्रिय योजना आयोगमा रा.प. विशिष्ट श्रेणीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी निजलाई उक्त पदमा सरुवा गर्ने ।’’

    त्यस्तै, सरकारले आर्थिक वर्ष २०८०/०८१ मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ । ८७ अर्ब ३५ करोड २९ लाख रुपियाँ विनियोजन भएकोमा ९३ प्रतिशत हुने गरी बाँकी रकम १६ अर्ब ९९ करोड २२ लाख रुपियाँ तत् तत् स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो  ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology