Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

कञ्चनमा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा योगाभ्यास

कञ्चनमा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा योगाभ्यास

  • 810
    SHARES

  • कञ्चनमा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा योगाभ्यास

    कञ्चन,असार ८ ।

    अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा कञ्चनमा योगाभ्यास गरेको गरिएको छ। जेसिआई कञ्चनको आयोजनामा संचालन गरिएको हो उक्त योगाभ्यास कार्यक्रममा योग गुरु नरहरिनाथ अर्यालले प्रशिक्षण दिनु भएको थियो।

    कञ्चन गाउँपालिका वडा नं ४ का वाडाध्यक्ष केशर बहादुर खत्रीले योगाभ्यासको शुभारम्भ गर्नु भएको थियो। एक दिने योगाभ्यास कार्यक्रमको शुभारम्भ गर्दै वडा अध्यक्ष खत्रीले योगाभ्यासले जिवनलाई स्वर्गानुभुती हुने बताउनुभयो। योग विना स्वस्थ जिवनको कल्पना गर्न नसकिने भन्दै वडा अध्यक्ष खत्रीले योगाभ्यासलाई नियममा आधारित बनाउनु पर्ने सेमत जोड दिनुभयो।

    प्रशिक्षक नरहरिनाथ अर्यालले आफ्नो जीवनमा योगको अपरिहार्यता र आफ्नो समाजको स्वस्थताका लागि योग अति अवस्यक रहेको कुरामा जोड दिनुभएको छ। योगलाई जिवनको अपरिहार्यता बनाउन सकियो भने दिर्घ जिवन प्राप्त गर्न सकिने प्रशिक्षक अर्यालले बताउनुभयो।

    जेसिआई कञ्चन बर्ष २०२४ का अध्यक्ष धनपति ज्ञवालीको अध्यक्षता तथा कानुनी सल्लाहकार खेम बहादुर क्षेत्रीले स्वागत गर्नु भएको थियो भने प्रिया तरामुले जेसिस आस्थापाठ गथर्नु भएको थियो।

    कृष्टल क्राउन पार्टी प्यालेसको सभाहलमा भएको योगाभ्यास कार्यक्रमको सञ्चालन जेसिआई कञ्चन बर्ष २०२४ का महासचिव प्रकाश पौडेल उपाध्यायले गर्नु भएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology