Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

मानव धर्मको ५ दिने योग शिविर

मानव धर्मको ५ दिने योग शिविर

  • 1.7K
    SHARES

  • मानव धर्मको ५ दिने योग शिविर

    बुटवल,असार ८ ।

    नेपाल मानव धर्म सेवा समिति लुम्बिनी क्षेत्र आश्रम बुटवलको आयोजना र विश्व शान्ति अध्यात्म विज्ञान समाज नेपालको सहयोगमा ५ दिने योग शिविर सञ्चालन भैरहेको छ ।

    योग शिविरमा बोल्दै मानव धर्म सेवा समिति क्षेत्र आश्रम प्रमुख महात्मा अम्बिका वाईजीले भौतिक तथा अध्यात्मिक जीवनको अनुशासनको लागी योग आवश्यक रहेको बताउनु भयो । योगका विभिन्न आसनले मन एकाग्र गर्नमा विशेष सहयोग पुर्याउने बताउदै उहाँले हाम्रा ऋषिमुनीले पनि योगलाई विशेष प्राथमिकता दिएको बताउनुभयो ।

    विश्व शान्ति अध्यात्म विज्ञान समाज नेपालका प्रदेश अध्यक्ष तथा योगा प्रशिक्षक अमुल्यमान थैवलले प्रशिक्षण दिइरहनुभएको योग शिविरमा ७२ जना सहभागी रहेका छन् । शिविर ३ दिन सम्म नेपाल मानव धर्म सेवा समिति लुम्बिनी क्षेत्र आश्रम बुटवलमा र २ दिन मायादेवि गाउँपालिका ८ स्थित शाखा आश्रममा सञ्चालन हुने छ ।

    नेपाल मानव धर्म समितिका देशभरीका करिब १३५ आश्रम तथा विदेशमा रहेका आश्रमहरुमा समेत योग शिविर सञ्चालन भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology